(Saturday 25th of July 2026)
`

किशोरी बनिन उपप्रमुख

  • सगरमाथा गन्तब्य
  • 7.6K
    SHARES
    जनक चौधरी : बर्दिया २० मंसिर – प्लान ईन्टरनेशनल नेपाल बि ग्रुप, बाके युनेस्को क्लबको साझेदारिमा आयोजना गरेको एघरौ अन्तर्राष्ट्रिय बालिका दिवस को अवसरमा अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य नारा सहित बारबर्दिया नगरपालिका वडा नं ३ बस्ने बालिका राधिका विष्ट एक दिनका लागि बारबर्दिया नगरपालिका उपमियरको भुमिकामा राधिका विष्ट बनेकी छिन् ।उक्त कार्यक्रममा उपप्रमुख रत्ना कुमारी पाण्डेले अन्तराष्ट्रिय बालीका दिवशको रुपमा मनाउन गइरहेको गल्स टेक ओभरको अबसरमा यस नगरपालिकाको उप प्रमुख जस्तो गरिमामय पदमा हस्तान्तरण गर्न पाउनु यस पालिकाको लागी खुसी तथा यसको अबसरकोरुपमा लिएको बताउदै यस यस पालिका भित्र हुने कुनै पनि घटनाहरुमा युवा महिला बालबालीका,हरुको अबसर तथा आवाजलाइ सुनवाइहुने खालका कामहरु गरिरहेको र आगामी दिनमा यस दिवसको अबसरमा प्राप्त भएको ज्ञापन पत्रलाइ आत्मसाथ गरि पालिका का लागी प्रतिबद्दता जनाउनु भयो ।
    साहि अबसरमा बारवर्दिया नगरपालिकाका नगर प्रमूख छबिलाल थारूले प्लान इन्टरनेशनल नेपाल र उनका साझेदार सस्थाहरुले गरिएका कृयाकलाप सान्द्रभिक तथा उपलब्धी मुलक भएको छ । यस अबसरमा यस पालिकामा बालीकाहरुको नेतृत्व बिकास तथा सहभागीताका लागी पदिय जिम्मेवारी हस्तान्तरण गर्न पाउनु यस पालिका कोलागी अबसर लिएका छौ। अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइयको छ । प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ । सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ । रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबारदेखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर १०औं अन्र्तराष्ट्रिय बालिका दिवस मनाइदैछ । प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ ।
    सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ । रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् । किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology