(Saturday 25th of July 2026)
`

बाँके क्षेत्र नं. २ क मा जसपाका भण्डारीलाल निर्वाचित

  • सगरमाथा गन्तब्य
  • 12.7K
    SHARES

    नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ क प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टीका भण्डारी लाल अहिर भारी मतान्तरले निर्वाचित हुनुभएको छ । बुधबार बिहान करीब ४ बजेसम्म भएको मतगणनाको अन्तिम नतिजा अनुसार भण्डारीले २ हजार १ सय ४६ मतान्तरले निर्वाचित हुनुभएको हो । प्रदेश सभा (क) बाँके क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार भण्डारी लाल अहिरले नेकपा एमालेका उम्मेदवार विजय बहादुर यादवलाई २ हजार १ सय ४६ मतान्तरले पराजित गरि निर्वाचित भएका हुन् । भण्डारीले ११ हजार ५ सय ४ मत प्राप्त गनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बिजय बहादुर यादवले ९ हजार ३ सय ५८ मत प्राप्त गनुृभएको छ । नेपाली काँग्रेसका राज कुमार कुर्मीले ८ हजार ७ सय ३१ मत ल्याउनुभएको छ । भण्डारीले नेकपा एमालेका बिजय र नेपाली काँग्रेसका राज कुमारलाई पछाडी पार्दै भारी मतले निर्वाचित हुनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology