नेपालगन्ज : बाँकेमा दिन प्रति दिन विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रबेश गर्ने युवाको संख्यामा बृद्धी भएको छ । मंगलवार बाँकेमा बिभिन्न पार्टी परित्याग गरि डेढ सय युवा नेकपा एमालेमा प्रबेश गरेका हुन् । प्रतिनीधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मुखमै बिभिन्न पार्टी परित्याग गरि झण्डै डेढ सयको संख्यामा जसपा, नेपाली काँग्रेस, माओबादीका कार्यकर्ताको जमात मंगलवार नेकपा एमालेमा प्रवेश गरेको एमाले नेता दत्त प्रसाद अचार्यले बताउनुभयो । पार्टी प्रबेश कार्यक्रममा केन्द्रीय सदस्य मो हारुन, दीपा शर्मा, प्रदेश कमिटी सदस्य शिव डोटेल, बाँके क्षेत्र नं. २ ख का उम्मेद्वार विजय यादव उपसचिव दीपक बर्मा नेता कृष्णप्रसाद श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।
