(Saturday 25th of July 2026)
`

बाँके क्षेत्र नं. २ मा राईलाई बागी उम्मेद्वारको हाबी रहने डर

  • सगरमाथा गन्तब्य
  • 11.9K
    SHARES

    नेपालगन्ज : आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि बाँके क्षेत्र नं २ मा जनता समाजबादी पार्टी बिरुद्ध स्वतन्त्र उम्मेद्वार सम्शुल हक राई चुनाबी मैदानमा उत्रिनु भएको छ । जनता समाजवादी पार्टीले टिकट नदिएपछि समसुल स्वतन्त्र उम्मेद्वारी दिएर चुनाबी मैदानमा उत्रिनुभएको हो । चुनाबी मैदानमा खरो उत्रिनुभएको जसपाको बागी उम्मेद्वार समशुल जसपामा हाबी हुने बताउनुहुन्छ ।
    जसपाले चुनावी मैदानमा पुर्वमन्त्री राईलाई अगाडी सारेपछि समसुल भने स्वतन्त्रमा उठ्नु भएको छ । राई मन्त्री हुँदा समसुल स्वकिय सचिव हुनुहुन्थ्यो । अहिले समसुल नै राईको प्रतिस्पर्धीले गाह्रो हुने संकेत देखिएको छ । समसुलको बागी उम्मेद्वारीले राईलाई अप्थ्यारो पार्ने स्थानिय बताउँछन् । लामो समय जसपामा काम गरेका समसुलको आफ्नै पकेट भोट कतै नजाने स्थानियवासी बताउँछन् । राईलाई टक्कर दिन समसुलले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । जसपामा जसको पहुँच छ उसैलाई टिकट दिने प्रबृत्तिलाई चिर्न आफुले स्वतन्त्र उम्मेद्वारी दिएको समसुलले बताउनुहुन्छ । जसपा व्यक्तिवादी पार्टी भएको हुनाले यसलाई अवसरबाट बञ्चित भएकाहरुले पनि सिकुन भनेर स्वतन्त्र भएर उम्मेद्वारी दिएको उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology