(Saturday 25th of July 2026)
`

नरैनापुरलाई अन्य पालिका सरह बनाउने धोको छ : सुर्य ढकाल

  • सगरमाथा गन्तब्य
  • 6.9K
    SHARES

    नरैनापुर –  नेकपा एमालेका केन्द्रिय सदस्य, बाँके जिल्ला इन्चार्ज तथा बाँके क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले एमालेले जसरी वृद्ध भत्ताको शुरुवात गर्यो अब एक घर एक रोजगारीको कार्यक्रम ल्याउने बताएका छन । मंगलबार नरैनापुरको मटेहियामा नेकपा एमाले र राप्रपाको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ढकालले उक्त कुरा बताएका हुन ।
    ढकालले नरैनापुरको समग्र बिकासलाई मुल धारमा लैजान चेतनाको स्तरमा वृद्धि गर्दै आर्थिक सामाजिक बिकासका निम्ति आफुले कुनै कसुर नराख्ने बताए । इलाका प्रशासन कार्यालयको स्थापना गर्ने निर्णय भएकोमा अहिलेसम्म यो वा त्यो भन्ने बहानामा कार्यान्वन नभएको भन्दै ढकालले राप्ती र खहरे खोलाको तटबन्ध गर्ने पहिलो प्रथामिकता राख्दै नदिको जोखिमले बस्ति बिस्थापित हुने अबस्था आउनै नदिन पहल गर्ने बताए ।
    नरैनापुरलाइ अन्य पालिका सरह बनाउने आफ्नो धोको भएको भन्दै ढकालले खहरे खोलामा पुल नभएकाले खोलाको बाढिका कारण मान्छेलाई आवतजावत गर्न समस्या, भएको भन्दै त्यस क्षेत्रमा झोलंगे पुल निर्माण समेत गर्ने जनाए । नरैनापुरमा अस्पताल भएपनि उचित ब्यबस्थापन र पुर्बाधार नभएकाले सुबिधा सम्पन्न अस्पताल आफुले कल्पना गरेको बताए । सिचाई, बाटो र बिजुली बत्तिको प्रयास दिनेशचन्द्र यादबको पहलले मात्र सम्भब भएको भन्दै ढकालले यादबको सपना साकार पार्न समेत आफुलाई भारी मतले जिताउन कार्यकर्तासंग अपिल गरे ।
    राप्रपाका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्रि प्रेम बहादुर भण्डारीले बगौडा क्षेत्र अबिकशित र बिकट रहेको र सो बारेमा आफुले पटक पटक संसदमा बोलेको स्मरण गर्दै सदरमुकाम जोड्ने बाटो बनाउन पहलकै कारण आज भारतिय बाटो भएर नेपालगन्ज जाने परिपाटिको अन्त्य भएको जिकिर गरे ।
    पण्डितपुर बैजापुर हुदै राजमार्ग जोड्ने बाटोको बारे कसैले आवाज उठाउन नसकेको यसले ब्यापारिक बैकल्पिक मार्ग हुने र नरैनापुरमा आर्थिक संबृद्धिमा टेवा पुग्ने भन्दै भण्डारीले नरैनापुरलाई बोडर बनाएर आर्थिक चहलपहलको हबको रुपमा बिकास गर्ने आफ्नो परिकल्पना रहेको बताए । बिद्युत मैले ल्याइपुर्याए भनेर श्रेय लिनेको होडबाजी भएपनि बिजारोपण आफुले गरेको दाबी गरे । कृषिको लागि उर्बर भुमिलाइ सिचाइ सुबिधाबाट राज्यले बिमुख गरेको भन्दै राष्ट्रलाइ नै खाद्यान्न आपुर्ति गर्ने गरि सिचाइ मल बिउको उचित ब्यबस्थापन गरिनुपर्ने भन्दै सुइयासम्म सिक्टा बग्ने बनाउन जागरुक युबालाइ भोट हाल्नुपर्ने धारणा ब्यक्त गरे ।
    राष्ट्रलाइ जब जब अप्ठ्यारो पर्छ तब तब राष्ट्रभक्ति शक्तिहरु एक जुट हुने गरेको सधै पछाडी परेको यस क्षेत्रको बिकास भनेको २५ बर्ष अघिको योजना भएको र हाल आएर पुरा भएको भन्दै राप्रपा बाँके अध्यक्ष प्रदेश १ क प्रदेश सभा सदस्य पदका उम्मेदवार नरेन्द्र कुमार पौडेल बांकी काम अझै गर्न बांकी रहेको र यो राष्ट्र, राष्ट्रियता र अखण्डता बचाउन भ्रष्ट र परमादेशी सरकारको समुल नष्ट गरि लुटपाट भ्रष्टाचारभित्र डुबेर बांडेर खान पुन पांच दलिय गठबन्धन चुनाबमा आउन लागेकाले यिनको पत्ता साफ गर्न देश भक्त्त एक हुनुपर्ने बताए । हामी संकल्प गर्छौ भ्रष्टाचार गर्नु भनेको आमाको खुन खानु हो भन्दै पौडेलले नरैनापुरलाइ अगैया, नरैनापुर र कोहलपुर कसरी योजना सहित आफु मैदानमा उत्रिएको जिकिर गरे ।
    अगुवा कार्यकर्ता भेला कार्यक्रममा राप्रपा सहमहामन्त्रि ऋषिराज देबकोटा, नेकपा एमालेका केन्द्रिय अनुशासन आयोग सदस्य देबराज भार, केन्द्रिय सदस्य पशुपति दयाल मिश्र, केन्द्रिय सदस्य मोहम्मद हारुन लगाएतले आ आफनो धारणा राखेका थिए । बाँके क्षेत्र नं. १ निर्बाचन परिचालन कमिटि संयोजक बलराम भट्टराईको स्वागत मन्तब्यसंगै शुभारम्भ कार्यक्रमको सभाध्यक्ष राम कुमार दिक्षितले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology