नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि पार्टीसंग गठबन्धन नगर्ने बताउनुभएको छ । बाँकेको नेपालगन्जमा सोमवार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा हाम्रो पार्टीले कुनै पनि पार्टीसंग गठबन्धन नगर्ने बताउनुभएको हो ।
‘पछिल्लो समयमा एमाले पार्टीसंग मिलेर अगाडी बढ्छ की भन्ने कुराहरु सुनिरहेका छौं, उहाँले भन्नुभयो ‘तर यसमा कुनै सत्यता छैन ।’ ‘संघिय निर्वाचनमा राप्रपा बलियो पार्टीको रुपमा स्थापित हुन लागेको छ, उहाँले थप्नुभयो, ‘त्यसकारणले अबको सिटको आधारमा कुनै पार्टीसंग कुनै निर्वाचन क्षेत्रसंग तालमेल होला तर पार्टीले गठबन्धन गरेर जाँदैन अध्यक्ष लिङ्देनले भन्नुभयो ।
उहाँले दुई वटा निर्वाचन क्षेत्रबाट निर्वाचन जितिसकेको जस्तै बाँकेबाट डा. धवल शम्शेर राणा र झापाबाट विक्रम पाण्डेको चुनाव जित्ने पक्का भएको ठोकुवा गर्नुभयो । यति मात्र होइन यस पटकको चुनावमा पहिलेको भन्दा बढि सिट प्राप्त गर्ने उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
अन्य दलभन्दा एमालेसँग तालमेलका लागि नजिक भएर कुरा भैरहेको खुलासा गर्दे अध्यक्ष लिगंदेनले फाइनल भने अहिले नै नभएको जानकारी गराउनुभयो ।
चुनावका लागि अहिलेको सरकार विघठन हुन पर्ने र काम चलाउ वा चुनावी नयाँ सरकार निर्माण हुनपर्ने उहाँको अडान छ । दलबलसहित नेपालगन्ज आएका अध्यक्ष लिङदेनले झापा, बाँकेको नेपालगन्ज, चितवन लगायतका शिर्ष नेता सहभागी क्षेत्रमा कुनै दलसँग तालमेल हुन सक्ने संकेत दिएका छन ।
