बिरु गोडिया, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ कटहिल्या स्थित रहेको पुरानो अव्यस्थित शिव मन्दिरलाई पुनः मर्मत गरि संचालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ कटहिल्या स्थित रहेको पुरानो अव्यस्थित शिव मन्दिरलाई बिहीवार पुजाआजा गरि उद्घाटन गरिएको हो । करिब सय बर्ष अगाडी स्थानीयवासीको साथ सहयोगमा निर्माण गरिएको मन्दिर धेरै पुरानो भएर जिर्ण भएको थियो । बर्षोदेखी स्थानीयले आस्था राख्दै पुजाआजा गर्न आउने मन्दिर जिर्ण भएपछि पुन ः स्थानीय र वडा कार्यालयको सहयोगमा मर्मत गरि उद्घाटन गरिएको नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ का वडाअध्यक्ष पर्शुराम कुर्मीले बताउनुभयो ।

मन्दिरको औपचारिक उद्घाटन गरिएतापनि कृष्णा जन्मअष्टमीको मन्दिरमा पुजापाठ गर्दै भण्डारा राखिएको वडाअध्यक्ष कुर्मीले जानकारी दिनुभयो । पुरानो ढाँचाको मन्दिरलाई आधुनिक सामाग्रीहरु हालेर अत्यन्त आकर्षक बनाइएको छ वडा अध्यक्ष कुर्मीले भन्नुभयो । स्थानीय र वडा कार्यालयको सहयोगमा मर्मत गरिएको उक्त मन्दिरको उद्घाटनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, स्थानीयवासी लगायत नेपालगन्ज १९ वडा कार्यालयका जनप्रतिनीधिको सक्रिय सहभागीतामा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको थियो । यसैगरी कृष्णा जन्मअष्टमीको दिन अर्थात भदौ ३ देखी ११ सम्मको लागि मन्दिरमा स्थानीयवासी धर्मेन्द्र बर्माले आफ्नो व्यक्तिगत तर्फबाट भण्डाराको आयोजना गर्नुभएको छ । भण्डारामा हरेक दिन पुजापाठ गरि भण्डारा अर्थात स्थानियवासीलाई प्रसाद वितरण गरिने गरेको बर्माले बताउनुभयो ।
