(Saturday 25th of July 2026)
`

अपाङ्गता भएकाहरुलाई हेर्ने दृष्टि अन्य सरह नभएको सरोकारवालाहरुको भनाई

  • सगरमाथा गन्तब्य
  • 9.9K
    SHARES

    नेपालगन्ज : अपाङ्गता सशत्तिकरण एंव सञ्चार केन्द्र (डेक) नेपाल, बाँकेले आफ्नो १५ औं बार्षिक साधारण सभा तथा छैठौ अधिवेसन सम्पन्न गरेको छ । दिगो विकास, सम्बृद्धिको आधार, अपाङ्गता मैत्री पहुँचयुक्त पुर्वधार भन्ने नारा सहित स्थापना भएको डेक नेपालले आफ्नो १५ औं बार्षिक साधारण र अधिवेसन बाँकेको खजुरामा सम्पन्न गरेको हो ।
    डेक नेपालका अध्यक्ष हरिकला थापाको सभापतित्वमा सम्पन्न साधारण सभामा लुम्बिनी प्रदेशका सांसद उषा पुनको प्रमुख आतिथ्यमा भएको थियो । मंगल प्रसाद माविमा अध्ययन गर्ने दृष्टी विहिन विद्यार्थीहरुले स्वागत गितबाट अथिति पाहुनालाई स्वागत गरेका थिए । राप्ती बहिरा संघ दाङका कार्यकारी निर्देशक प्रतिमा शर्माले डेक नेपालले हजारौ अपाङ्गता भएकाहरुका लागि काम गरेको भन्दै अझैपनि पैरवीको कार्यलाई शसक्त बनाउन आग्रह गर्नुभयो ।
    खजुरा गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपानेले डेक नेपालले स्थानिय सरकारसंग समन्वय सहकार्य गरेर काम गर्दा सरकारले लिएको लक्ष्य प्राप्तीका लागि सहज बनेको बताउनुभयो । दैनिक जिवनलाई सहज बनाउनका साथै अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको उल्लेख गनुभयो । गैर सरकारी संस्था बाँकेका अध्यक्ष नमस्कार शाहले गैर सरकारी संस्थालाई नियमन गर्ने निकाय कमजोर रहेको बताउनुभयो ।
    ५० हजारको संख्यामा नेपालमा गैरसरकारी संस्था रहेको भएपनि कमै मात्रामा सामाजिक कार्यमा क्रियासिल बनेको उल्लेख गर्नुभयो । निरन्तर अविछिन्न ढंङले डेक नेपाल अपाङ्गता भएकाहरुको हक हितका पक्षमा लागिपरेको भन्दै थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजय शर्माले अझै पनि स्थानिय तहहरुमा अपाङ्गता भएकाहरुलाई हेर्ने दृष्टि अन्य सरह नभएको बताउँदै यसतर्फ गम्भिर हुनपर्नेमा जोड दिनुभयो ।
    शर्माले डेक नेपालले विभिन्न परियोजना संचालन गरेर अपाङ्गता भएकाहरुको क्षमता अभिवृद्धि गर्ने, पैरवी गर्ने लगाएतका काम गरेको भन्दै धन्यबाद ज्ञापन गर्नुभयो । राष्टिूय अपाङ्ग महासंघका संघिय सचिव भावुक जंग थापाले डेक नेपालका कारण धेरै सबै प्रकारका अपाङ्गता भएकाहरुको लागि काम गरेको जसले गर्दा अपाङ्गता क्षेत्रमा ठुलो टेवा पुगेको बताउनुभयो । अपाङ्गता मैत्री वातावरण सबै निकायहरुमा अझै स्थापना हुन नसकेको भन्दै उहाँले यस तर्फ चासो बढाउन आग्रह गर्नुभयो । डेक नेपालका सल्लाहकार अशोक कोइरालाले सबै क्षेत्रमा रहेका अपाङ्गता भएकालाई खोज्ने, आश्रय दिने र अवसर दिने कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो ।
    डेक नेपालले बाँकेको बैजानाथ र राप्ती सोनारीमा अपाङ्गता भएकाहरुका लागी बसोबास गर्ने वातावरण मिलाएको छ तर व्यवस्थापनमा स्थानिय सरकारले चासो नबढाउदा संचालन गर्न समस्या हुने गरेको उल्लेख गर्नुभयो । नेपालगन्ज उप महानगरपालिकाका निवर्तमान उप मेयर उमा थापामगरले डेक नेपालले राज्यको आँखामा पर्न नसकेको विषयलाई सस्थागत गर्न सफल भएकोमा धन्यबाद ज्ञापन गरिन ।
    अपाङ्गता भएकाहरुले जान्न बुझनका लागी डेक नेपालको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । अपाङ्गता भएकाहरु आफुपनि आफ्नो क्षमता बढाउन अघि बढ्नुपर्नेमा जोड दिनुभयो । स्थानिय सरकार सम्मै अपाङ्गता भएकाहरुको अधिकार स्थापित भएको र त्यसको कार्यन्वयनमा काम गर्नुपर्नेमा जोड दिनुभयो । खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले खजुरा गाउँपालिका सरकारले गर्ने काम पनि डेक नेपालले गरिदिएको बताउनुभयो ।
    गाउँपालिकाले गर्न पर्ने कामलाई डेक नेपालले काम गर्दा सहजता भएको र आगामी दिनमा थप सहकार्य सहयोग गर्नेमा प्रतिवद्धता व्यक्त गर्नुभयो । बैजानाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले स्थानिय तह अपाङ्ग मैत्री नभएको पाइएकोमा त्यसलाई सुधार गर्दै सम्पुर्ण भौतिक पुर्वधार अपाङ्गमैत्री बनाउन लागेको उल्लेख गर्नुभयो ।
    अपाङ्गता भएका व्यक्तिहरुलाई अघि बढाउन पालिकाले सक्रिय भुमिका निर्वाह गर्ने बताउनुभयो । बैजानाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले स्थानिय सरकारको अपाङ्गता भएकाहरुका लागी केही उपलव्धी मुलक कार्यका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । बैजानाथले मात्र अपाङ्गता भएकाहरुका लागी ३० लाख बजेट छुट्टाएको जानकारी दिनुभयो । अब बन्ने भौतिक संरचनाहरु अपाङ्गमैत्री नहुँदा सम्म स्वीकृती नदिने उल्लेख गर्नुभयो । बैजानाथ गाँउपालिकालाई अपाङ्ग मैत्री गाउँपालिका बनाउने अध्यक्ष शाहीले बताउनुभयो ।
    पुर्व संविधान सभा सदस्य देवराज भारले अपाङ्गता भएकाहरुका लागि डेक नेपालले गरेको कार्य प्रशंसा योग्य रहेको बताउनुभयो । अपाङ्गता क्षेत्रमा धेरै उपलव्धी भएको बताउँदै भारले अपाङ्गताको क्षेत्र सम्मानित जिवनको मार्ग हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । अपाङ्गता क्षेत्र उपेक्षित हुदै आएकोमा यसलाई सबैको चासोको विषय बन्नपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका लुम्बिनी प्रदेशका सांसद उषा पुनले अपाङ्गता क्षेत्रमा राज्यले अझै धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो ।
    अपाङ्गता भएकाहरुको विषयमा डेक नेपालले अभिभाकत्व निर्वाह गरेको उल्लेख गर्नुभयो । डेक नेपाल गाउँगाउँ बस्तिमा पुगेर काम गरेको र त्यसले सकारात्मक सन्देश प्रवाह गरेको उहाँले बताउँनुभयो । प्रदेश स्तरमा पनि अपाङ्गता भएकाहरुका लागी पहलकदमी कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । डेक नेपाल बाँकेका अध्यक्ष हरिकला थापाले अपाङ्गता भएकाहरुको समस्या समाधान गर्न सफल हुन सकेको उल्लेख गर्दै धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रमको संचालन धिरेन्द्र विकले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology