नेपालगन्ज : प्रदेश र संघिय निर्वाचन समयमा हुनुपर्ने एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले बताउनुभएको छ । प्रेस चौतारी बाँकेको आयोजनामा पत्रकार सम्मेलन गर्दै थापाले यस्तो बताउनुभएको हो ।
आगामी मंसिर ४ गते हुन गइरहेको संघिय र प्रदेशको निर्वाचनको लक्षित गरी विभिन्न जिल्लाहरुमा दौडाह चलिरहेको बेला एमाले पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा बहुमत लिएर सरकारमा जाने पोलिटव्यूरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज थापाले बताउनुभएको छ ।
थापाले सत्तापक्षहरुले एमालेको डरले गठबन्धन गरेको र निर्वाचन घोषण गरेसंगै काम चलाउ सरकारले महत्वपूर्ण निर्णय गर्ने नपाउने उहाँको भनाई थियो ।
गठबन्धनमा रहेका दलले फागुन १५ पछि हिउ पग्लिन थालेपछि निर्वाचन गराउन खोजेको उहाँले आरोप लगाउनुभयो । निर्वाचन जति पछाडी लगे उत्तिनै राम्रो गठबन्धन सरकारको रहेको उहाँले धारणा व्यक्त गर्नुभयो । एमाले सरकारले चाही जति सके छिटो र समयमै निर्वाचन सकाउनु पर्ने उहाँले धारणा राख्नुभयो । गठबन्धनको सरकार निर्वाचन गराउने काम मात्र रहेको आरोप लगाउदै उहाँले भन्नुभयो अन्य काममा अहिलेको सरकारले कुनैपनि चासो नदिएको जानकारी गराउनुभयो । यस्तै पत्रकार सम्मेलनमा एमाले बाँकेका जिल्ला सचिव रत्न खत्री, प्रेस चौतारी लुम्बिनी प्रदेशका सह इन्चार्ज रुद्र सुवेदी, रुपा गहतराज, रुपनी जिएम, दुर्गा रोकाय, बिनोद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
