नेपालगन्ज : पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले सोमबारदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् ।
पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले सोमबारदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका हुन । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने उल्लेख गरिएको छ ।
यस्तै, २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड र अनलोड नगर्ने चेतावनी समेत दिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जानकारी गराएको छ ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अनुसार हालको ढुवानी भाडाबाट ट्यांकर सञ्चालन गर्न नसकिने बताउँदै पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन सहितका तीन बुँदे माग गर्दै व्यवसायीले सोमबारदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो । आयल निगमले सञ्चालन गर्न चाहेमा ट्यांक उपलब्ध गराउने समेत महासंघद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
