(Saturday 25th of July 2026)
`

वर्गीकरणको आधारमा फोहोर व्यवस्थापन गर्ने : वडाअध्यक्ष पुन

  • सगरमाथा गन्तब्य
  • 5.9K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा विशेष सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को आयोजना र समुदाय–प्रहरी साझेदारीको सहकार्यमा “हाम्रो वडा राम्रो वडा” अभियान अन्तर्गत विशेष सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सोमवार सम्पन्न गरिएको हो ।
    नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ भित्र रहेको सल्यानीबाग चोक देखि देवाफुलबारी टोलसम्म बृहत सरसफाई कार्यक्रमका साथै रसिद अलिको अध्यक्षतामा ९ सदस्यीय (देवाफुलवारी–उचुवा) टोल समिति गठन समेत गरिएको छ । सरसफाई अभियानमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष गोपल पुनको अध्यक्षतामा भएको कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेका अध्यक्ष तथा खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बि.क.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


    कार्यक्रममा आफ्नो घरबाट निस्केको फोहोर वर्गीकरणको आधारमा व्यवस्थापन गर्न र घर आंगन सफा राख्न नेपालगन्ज ४ का वडाअध्यक्ष पुनले अनुरोध समेत गर्नुभएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रेवती परियार, सदस्य रुमित श्रेष्ठ, सलिम मुसलमान, उत्तामसिं सिंजापती, जनप्रतिनिधि, कर्मचारी, स्वयं सेबक, नेपाल प्रहरी, सामुदायिक प्रहरी लगायत स्थानीयबासीहरुको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology