(Saturday 25th of July 2026)
`

श्रीमानको दिर्घायुको लागि महिलाहरु श्रावणमा ब्रत बस्दै

  • सगरमाथा गन्तब्य
  • 11.8K
    SHARES

    नेपालगन्ज : श्रावण महिनाको पहिलो सोमवारको दिन बागेश्वरी मन्दिरमा हिन्दू महिलाहरुले शिवको पूजा आराधना गरी मनाएका छन् । भगवान शिवजीको प्रिय महिना श्रावण र त्यसमा पनि सोमबार झनै विशेष दिन रहेकाले श्रावण महिनाको पहिलो सोमवार एका बिहानै चोखो भएर बागेश्वरी मन्दिरमा हिन्दु महिलाहरु पुजाआजा गर्न पुगेकका छन् । श्रावण महिनाको पहिलो सोमबार भगवान् शिवको प्रिय दिन भएकाले यस दिन बिशेष गरि बिवाहित महिलाले आफ्नो श्रीमानको दृर्घायुको लागी दिनभरी खाना नखाएर भोको पेटमा ब्रत बसी मनाउँने गरेको नेपालगन्ज निवासी पुजा ठकुरीले बताउँनुभयो । यस दिनमा हिन्दु नारीले आ आफ्नै शैलीमा पुजाआजा गरि बिवाहित नारीले श्रीमानको दृर्घायु र अबिवाहित नारीले असल श्रीमान पाउँनको लागी ब्रत बसेर यो दिनलाई बिशेष गरि मनाईने ठकुरीले बताउँनुभयो । “आजको दिन केही दिदीबहिनीले पानी पनि नखाएर पुरै दिन भोकै बस्नुहुन्छ त केही दिदीबहिनीले दिउसोको १२ बजेपछि फलफुल खाएर ब्रत बस्ने गरेको उहाँले बताउनुभयो ।
    श्रावण महिनाको पहिलो सोमवार ब्रत बसेपछि सौभाग्य भइन्छ भन्ने धारणाले आजको दिन शिवजीको पुजाआजा गरेर यो दिनलाई बिशेष तरिकाले मनाउँने नेपालगन्ज १२ निवासी देबकला चलाउनेले बताउँनुभयो । उहाँले भन्नुभयो “श्रावण महिना लगत्तै नेपाली नारीको महान पर्व हरितालिका तिज पनि नजिकिदै छ आजको दिनबाट श्रावण महिना भरी नाचगान गरि रमाइलो गर्ने र एकआपसमा भेदभाव कायम गर्ने उहाँले बताउनुभयो ।” श्रावण महिना देखीनै हरियाली पहिरनमा सजिएर पुर्खौली मुल्यमान्यता भएकोले हरियो चुरा मेहेन्दी लगाई नाचेर साझाँ शिवजीको पुजा गर्ने चलाउनेले बताउँनुभयो ।
    “यस २०७९ को श्रावण महिनामा ५ वटा सोमवार पर्न गएको छ श्रावण महिनाको सोमवारहरुमा हरियो पहिरन लगाएर शिवजीलाई बेलपत्र चढाएर बागेश्वरी मन्दिरमा पुजा गर्ने र बागेश्वरी माताले मनको मनकामना पुरा हुने धारणाले प्रत्येक बर्षको श्रावण महिनाको पहिलो र अन्तिम सोमवार बागेश्वरी मन्दिरमा आउने गरेको पार्वती रेग्मीले भन्नुभयो ।”


    श्रावण महिनाको पहिलो सोमवार श्रीमानको लागी र बाँकी सोमवारहरुमा शिवजीको लागी ब्रत बस्ने स्थानिय नन्द कुमारी शाहीले बताउँनुभयो । श्रावण महिनाभरी मौसम हरियो हुने भएको हुनाले महिलादिदी बहिनीहरुले पनि हरियो र पहेलो पहिरन लगाउने शाहीले बताउनुभयो ।
    श्रावण महिनाको पहिलो सोमवार बागेश्वरी मन्दिरमा पुजाआजा गर्ने भक्तजनहरु र दर्शनार्थीहरुको भिडले भरीभराउँ भएको देखिन्छ । बागेश्वरी मन्दिरमा मागेका र चाहेको कुरा पुरा हुने आस्था राखेर धेरै भक्तजनहरु बागेश्वरी मन्दिरको परिसरमा आउने गरेको स्थानिय बताउँछन् । साउन महिनाभरी बाँकेका विभिन्न स्थानमा रहेका मन्दिरमा पुजाआज गरि साउने सक्रान्ति मनाउने गरिन्छ । विशेष गरि साउनको सोमवार विशेष पुजा गरि यो साउने सोमवारको दिन महिलाहरु व्रत बस्ने गर्दछन् । यस बर्ष साउनमा ५ वटा सोमवार परेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology