(Saturday 25th of July 2026)
`

प्राविधिक र कर्मचारी सहितको टोली लिएर उपाध्यक्ष मनिषा योजनाको अनुगमनमा

  • सगरमाथा गन्तब्य
  • 6.9K
    SHARES

    बाँके : राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु विभिन्न योजनाको अनुगमन गर्न सक्रिय भएकी छन । गाउँपालिकाको अनुगमन समितिको संयोजक समेत रहेकी उनी विभिन्न वडामा पुगेर अनुगमनमा सक्रिय भएकी हुन । चालू आर्थिक वर्ष २०७८÷७९ मा निर्माण कार्य सम्पन्न भइसकेका र निर्माण कार्य चलिरहेका योजनाहरुको स्थलगत अनुगमन गरेकी हुन । अनुगमन गर्ने क्रममा शुक्रबार मात्रै वडा नम्बर १ र ५ का विभिन्न योजना हेरेको उपाध्यक्ष मनिषाले जानकारी दिइन ।
    “म आफै पुगेर योजनाको अनुगमन गरिरहेकी छु,“ उनले भनिन । उपाध्यक्षसंगै गाउँपालिकाका प्राविधिक तथा कर्मचारी पनि उपस्थित हुने गरेका छन । अनुगमनमा योजना शाखा प्रमुख बालानन्द पौडेल, प्राविधिक शाखा प्रमुख (इन्जिनियर) यथेस्ट पुन लगायत पनि सहभागी भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology