(Saturday 25th of July 2026)
`

नेपालगन्ज उपमहानगरमा प्रशान्त दोब्बर बढी मतले अगाडी

  • सगरमाथा गन्तब्य
  • 13.6K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले दोब्बर मतले अग्रता लिएका छन् । पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले २ हजार ८ सय १२ मत प्राप्त गरी अग्रता लिएका हुन् ।
    यस्तै नेकपा एमालेका पशुपतिदयाल मिश्रले १ हजार ४ सय ११ र राप्रपाका नन्दलाल बैश्यले १ हजार ३ सय ४ मत प्राप्त गरेका छन् । पहिलो नम्बरमा रहेका विष्ट र दोस्रो नम्बरका मिश्रबीच १ हजार ४ सय १ मतको अन्तर रहेको छ ।
    यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले १ हजार ८ सय ८३ मत ल्याएर अग्रता लिइरहेका छन् । यस्तै राप्रपाकी बिन्दु चर्तीमगरले १ हजार १ सय ३० र नेकपा एमालेकी शान्ति ढकालले ८ सय ९७ मत प्राप्त गरेकी छन् ।
    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म वडा नम्बर २२ र २३ को मतगणना पुरै सकिएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयमा वडा नम्बर १, २, २० र २१ को मतगणना कार्य चलिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology