(Saturday 25th of July 2026)
`

जानकीलाई हिमान्सुको उद्घोष साक्षर र शिक्षित पालिका बनाउने प्रतिवद्धता

  • सगरमाथा गन्तब्य
  • 16K
    SHARES

    नेपालगञ्ज । जिल्लाकै सबैभन्दा कान्छा उम्मेदवारका रुपमा नेकपा एमालेले चयन गरेको जानकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार हिमान्सु यादवले आफुलाई जनताले निर्वाचित गराएमा पहिलो प्राथामिकता आफ्ना पालिकाको छोरीहरुलाई साक्षर र शिक्षित बनाउने रहेको बताउनुभयो ।
    १४ बुँदे प्रतिबद्धता पत्रलाई सार्वजनिक गर्दै उहाँले मधेशी छोरीहरुको शिक्षालाई प्राथामिकतामा राखेर उनीहरुको शैक्षिक स्तरलाई बृद्धि गर्नमा आफ्नो जोड रहने बताउनुभयो । उहाँले भन्नुभयो,‘समय परिवर्तन हुँदैछ । सोही परिर्वतन अनुसार मधेशका छोरी र उनीहरुको अभिभावकहरुमा पनि विस्तारै छोरी शिक्षित हुुनुपर्छ भन्ने चेतनाको विकास हुँदै गई रहेको छ । तर अझैंपनि पुराना सोंच भएका बुज्रुकहरुले आफ्ना नानीहरुलाई शिक्षाको अधिकारबाट बञ्चित गराएको हुनाले त्यस्तो छोरीहरुको शिक्षामा मेरो जोड रहने छ ।’
    सामान्यतया सबै उम्मेदवारहरुले तयार पारेका प्रतिबद्धतापत्रमा लगभग लगभग एकै प्रकारका विषयहरु समेटिएका हुन्छन् । ती सबै प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, भौतिक संरचनाहरुको विकास, किसानले मूल्य बजारीकरण, महिला तथा बालबालिका, अझैं विशेष त युवा रोजगार, त्यसैगरी खेलकुुद आदि ईत्यादि । अध्यक्षका प्रत्यासी उम्मेदवार हिमांशुको पनि प्रतिबद्धता पत्रमा समेटिएका एजेण्डाहरु यस्तै नै रहेको छ । तर उहाँको प्रतिबद्धता पत्रमा समेटिएका बुँदाहरु अरुको तुलनामा उस्तै उस्तै लागेतापनि ती बुँदाहरुलाई कार्यान्वयन गराउनको लागी हिमान्सुको भिजन र कायैशैली भने धेरै नै फरक अनि आर्कषक छन् ।
    उमेरले उहाँ अन्य उम्मेदवारको तुलनामा कान्छा उम्मेदवार भएको हुनाले एउटा युवा उम्मेदवारमा भएको जोश र जाँगर अनि कामलाई नतिजामा परिणत गर्नकालागी युवा भिजन नै फरक छ हिमांशुको ।
    आफुुले बनाएको प्रतिबद्धता पत्रलाई बाचन गरेर सार्वजनिक गर्न जति सजिलो त्यति नै त्यसलाई कार्यान्वयन गर्न गाह्रो छ नि, कसरी लागू गर्नु हुन्छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘कामलाई नतिजामा पुु¥याउनको लागी बोलेर काम गर्छु भन्दै जनताको विश्वास जित्ने चलन पहिलाको हो । अब समय त्यो छैन । जनप्रतिनीधि भन्दा धेरै गुणा जान्ने र बुझ्ने जनता छन् । अहिलेको जनतालाई बोलेर हैन उनीहरुलाई उनीहरुको आवश्यकता अनुसारका काम सोधेर त्यो पुुरा गर्न उनीहरुलाई नै अग्रसर गरिदिनु पर्छ । र म त्यही गर्नेछु ।’ उहाँ अगाडी भन्नुहुन्छ,‘यसो गरियो भने हाम्रो घोषणा पत्रले गर्न चाहेको सबै बुँदाका काम सजिलै पुरा गर्न सक्छौं ।’
    जानकी गाउँपालिकामा आज सार्वजनिक गरिएको उम्मेदवारहरुको प्रतिबद्धता पत्रमा घरेलु महिलालाई उद्यमशिलताका लागी सीप प्रदान गरेर उनीहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने कुरालाई पनि समेटिएको छ । त्यसैगरी सबै वार्डहरुमा जेष्ठ नागरिकका लागी दिवा सेवा भवनको निर्माण गरेर जेष्ठ नागरिकलाई सहयोग गरिने कुरा पनि समेटिएको छ । यसका साथै शिक्षामा पनि सामूदायिक र मदरसामा कक्षा १२ सम्म अनिवार्य र निशुल्क कम्प्यूटर शिक्षा प्रदान गरिने कुरा उल्लेख गरिएको छ ।
    भूमीहीनहरुको पहिचान गरी उनीहरुलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिने कुरा पनि उहाँले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा समावेश गरिएको छ । यसका साथै सबै नागरिकको स्वास्थ्य बिमा गरिने कुरापनि उक्त प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यतिमात्र नभई मुटु रोगी बालबालिकालाई उपचारका लागी रु १ लाखसम्म सहयोग गर्ने पनि बताईएको छ । १४ ओटा बुँदामा तयार पारिएको उक्त प्रतिबद्धता पत्रमा किसान परिचय पत्र देखि युवा रोजगार हुँदै पर्यटन प्रवद्र्धनका विषयहरुलाई समेत समेटिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology