(Saturday 25th of July 2026)
`

कतिल अदा थारु म्युजिक भिडियोमार्फत प्रदिप थारुको नायक रूप सार्वजनिक

  • सगरमाथा गन्तब्य
  • 4.5K
    SHARES

    नेपालगन्ज । थारु म्युजिक उद्योगमा विगत आठ वर्षदेखि निर्देशन तथा कोरियोग्राफीमा सक्रिय प्रदिप थारु हालै सार्वजनिक भएको कतिल अदा नयाँ थारु म्युजिक भिडियोमार्फत नायकको भूमिकामा देखिएका छन् । युट्युबमा रिलिज भएको उक्त भिडियोले छोटो समयमै दर्शकको चासो बटुल्दै चर्चा पाउन थालेको छ ।
    लामो समयसम्म पर्दापछाडि रहेर थुप्रै सफल भिडियोहरू निर्देशन गरेका प्रदिप थारु यसपटक भने मुख्य कलाकारका रूपमा प्रस्तुत भएका हुन् । कतिल अदा म्युजिक भिडियोमा उनको ऊर्जाशील अभिनय, ट्रेन्डी नृत्य शैली र आधुनिक पहिरनले थारु म्युजिक भिडियोको प्रस्तुतिलाई नयाँ आयाम दिएको देखिन्छ । मोडेल अस्मिता थारुसँगको केमिस्ट्री पनि भिडियोको प्रमुख आकर्षण बनेको छ ।
    गीतमा बिजय चौधरी र सोनु कुश्मीको स्वर रहेको छ भने शब्द र संगीत गणेश चौधरीको रहेको छ । संगीत संयोजन पनि गणेश चौधरीकै रहेको गीत अकाउष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो ।
    भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रदिप थारुले नै गरेका हुन् । छायांकन रामु चौधरीको टिमले गरेका छन् भने भिजुअल सम्पादन पनि रामु चौधरीकै रहेको छ । टाइटल डिजाइन क्रेजल चौधरीले गरेका छन् । मेकअप आर्टिस्टका रूपमा अमृता राजबीरले गर्नुभएको छ भने पोस्ट प्रोडक्सन आरकेसी डिजिटलले सम्पन्न गरेको हो ।


    सृजनात्मक कन्सेप्ट, नयाँ डान्स स्टेप्स र आधुनिक प्रस्तुतीकरणका कारण भिडियोले थारु म्युजिक उद्योगमा नयाँ ट्रेन्ड सुरु गर्ने अपेक्षा गरिएको छ । भिडियोप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आउन थालेसँगै प्रदिप थारुको नायक रूप थप चर्चामा आएको छ । थारु म्युजिक भिडियो निर्देशन गर्दै आएका प्रदिपको एक पछि एक चर्चित गित युट्युबमा देख्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology