(Saturday 25th of July 2026)
`

क्यान्सर पीडितलाई सहयोग गर्न नेपालगन्जमा गरिदैँ ‘चिया’ अभियान

  • सगरमाथा गन्तब्य
  • 5.5K
    SHARES

    नेपालगन्ज ५ साउन : क्यान्सरबाट मृत्यु भएकी तत्कालिन महिला तथा बालिबालिका कार्यालय बाँकेकी महिला विकास निरीक्षक विन्दू कुँवरको ‘स्मृति कोठा’ बनाउन तथा क्यान्सर पीडितलाई सहयोग गर्नका लागि नेपालगन्जमा ‘चिया’ अभियान सुरु गर्ने तयारी गरिएको छ ।
    बालक्लबका पूर्व सदस्यहरुले सञ्चालन गरेको सहयात्री नेपाल नामक संस्था र विन्दु कुँवर फाउण्डेशनले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त अभियान शुरु गर्न लागेको जनाएको हो ।
    ‘एक चिया, एक जीवन, एक परिर्वतन’ भन्ने नाराका साथ सहयोगका लागि चिया अभियान यही साउन ९ गते शुक्रबार नेपालगन्जको त्रिभुवन चोकमा गरिदैँछ । त्यहाँ चियाको स्टल राखेर निःशुल्क चिया खुवाइनेछ भने चिया खान आउने मनकारी, दयालु, मानवसेवीले क्यान्सर पीडितलाई सक्दो सहयोग गर्न सक्नेछन् ।
    चिया अभियानबाट सहयोग प्राप्त भएको रकमको ८० प्रतिशत निलसागर सेवा आश्रमको भवन निर्माणमा सहयोग गर्ने सहयात्री नेपालका कोषाध्यक्ष सल्मान सल्मानीले बताए । उनका अनुसार निलसागरको भवन बनेपछि एउटा कोठालाई विन्दू कुँवर स्मृती बनाइनेछ । सहयोगको २० प्रतिशत रकम क्यान्सर पीडितलाई सहयोग गर्ने सहयात्री नेपालकी श्वेता गुरुङ्गले जानकारी दिइन् ।
    पत्रकार सम्मेलनमा सहभागी नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अभियान नयाँ र राम्रो भएको बताए । उनले स्वर्गीय बिन्दू कुँवरको योगदानलाई स्मरण गर्दै मनकारी मनहरुलाई सक्दो सहयोग गर्न आग्रह गरे ।
    विन्दू कुँवरकी छोरी सम्बिधा थापाले पैसा नकमाएपनि इज्जत कमाउन अग्रसर हुनु भन्ने आमाले दिने गरेको अर्ति अनुसार आफु अघि बढेको बताईन् । उनले भनिन् आमॉविन्दू’ले अनाथ बालबालिका, हिंसा पीडित महिला र बृद्धबृद्धा पक्षमा उहाँले पु¥याउनुभएको योगदान अनुसरणीय छ हामी, बिर्सन सक्दैनौ ।’
    उनले अभियानमा सहयोग गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, अधिकारकर्मी, अभियन्ता, विभिन्न संघसंस्था तथा ब्यक्ति सबैलाई आह्वान गरिन् ।
    सहयात्री नेपालका कोषाध्यक्ष सल्मानीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सदस्य श्वेता गुरुङ्गले अभियानको बारेमा प्रष्ट पार्दै प्रेस नोट वाचन गरेकी थिइन् भने कार्यक्रम सचिव देवा बहादुर क्षेत्रीले सञ्चालन गरेका थिए । खुला शत्रमा पत्रकारहरुले चिया अभियानका बारेमा प्रश्न तथा जिज्ञासा राखेको थिए ।
    लामो समयसम्म महिला तथा बालिबालिका कार्यालय बाँकेमा रहेर काम गरेकी महिला विकास निरीक्षक विन्दू कुँवर क्यान्सर विरुद्ध लामो समय लडिरहदाँ सन् २०२० मा निधन भएको हो ।
    क्यान्सरबाट ग्रसित रहँदासमेत कुँवर अनाथ बालबालिका, हिंसा पीडित महिला र बृद्धबृद्धाका पक्षमा जस्तो सुकै चुनौतीसँग डटेर काम गर्ने निडर स्वभावकी थिइन नै स्वर्गीय कुँवर आफ्नो काम प्रति त्यतिकै संवेदनशील थिइन् । पीडितहरुलाई उद्धारदेखि न्याय दिलाउनसम्म हर काममा डटेर लाग्ने कुँवर ती मुद्दाहरु टुङ्गोमा नपुग्दासम्म पछी हटेका घटनाहरु छैनन् । महिला तथा बालबालिकाका संरक्षण र सामाजिक रुपान्तरणका लागि उनले पु¥याएको अतुलनिय योगदान जति प्रशंसा गरेपनि कम हुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology