(Saturday 25th of July 2026)
`

बाँकेमा अहिलेसम्म २ प्रतिशत मात्रै रोपाई !

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    नेपालगन्ज : असार महिनाको आधा लाग्दै गर्दा बाँकेमा २ प्रतिशत मात्रै रोपाई भएको छ । गतवर्ष असार १५ गतेसम्म बाँकेमा १५ प्रतिशत रोपाई सम्पन्न भएको थियो । यसवर्ष लामो समयसम्म चलेको खडेरीका कारण किसानले समयमा ब्याड राख्न नपाउँदा रोपाई प्रतिशत झन् घटेको हो ।
    आकाशे पानीको भरमा खेती किसानी गर्ने किसानका लागि भने सिचाईँको व्यवस्था नभएकाले समयमै रोपाई गर्न पाएका छैनन् । सिचाई अभावमा हरेक वर्ष वर्षायाममा बाँकेका अधिकांस किसान आकाशे पानीको प्रतिक्षामा खेती गर्न बाध्य छन् । समयमा रोपाई नहुँदा वर्षेनी जिल्लाको उत्पादन दर घट्दै गएको छ ।


    कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख शकिल अहमदले बाँकेमा २ प्रतिशत क्षेत्रमा मात्र रोपाई भएको जानकारी दिए । उनका अनुसार बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–२ कोल्ही, बैजनाथ गाउँपालिका वडा नम्बर–१ चिसापानी र राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ र ४ मा मात्र रोपाई भएको छ ।
    बाँकेको कुल २ लाख २५ हजार ८ सय ३६ हेक्टर क्षेत्रफल मध्ये खेतीयोग्य जमिन ५७ हजार २ सय ५२ हेक्टर छ । तर, बाँकेको ५२ हजार ८३८ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । यस्तै ३४ हजार ८ सय ५० हेक्टर जमिनमा धान खेती हुन्छ । निमित्त प्रमुख शकिलले भने, ‘देशका अन्य क्षेत्रभन्दा बाँकेमा ढिलो खेती गर्ने परम्परा छ, सिक्टा सिचाईको पहुँच भएको क्षेत्र तथा डिप बोरिङ र अन्य खोलाको पहुँच भएका स्थानमा मात्र धान रोपाई सम्भव भएको हो ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology