(Saturday 25th of July 2026)
`

युवा लक्षित कार्यक्रम आवश्यक

  • सगरमाथा गन्तब्य
  • 6.5K
    SHARES

    नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले युवा लक्षित कार्यक्रमको खाँचो रहेको बताउनुभएको छ । मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदले नेपालगन्जमा आयोजना गरेको योजना तर्जुमा प्रक्रियामा युवाको सवाल विषयक कार्यशालामा बोल्दै मन्त्री खत्रीले देशका युवा वाहिर पलायन भैरहेको अवस्थामा यसमा चासो दिई राज्यले आफ्नै भुमिमा जुट्न पहल गर्ने बताउनुभयो ।
    एक हातमा उच्च शिक्षाको प्रवेश पत्र र अर्को हातमा बिदेश जाने पासपोर्ट बोक्ने प्रबृत्तिको अन्त्य हुन जरुरी रहेको बताउनुभएको छ । मन्त्री खत्रीले मुलुक भित्रै युवाले भविश्य देख्ने गरि नीति र कार्यक्रम बनाइनु पर्ने बताउनुभयो ।
    उहाँले गाउँका दुरदराजमा बालबालिका र बृद्धहरु मात्र रहने संस्कृतिको अन्त्य गर्न तर्फ प्रदेश सरकार सचेत रहेको जानकारी दिनुभयो । बिगत नदेखेका युवाहरुमा नेपालमा केही भएको छैन भन्ने सोँचको विकास भएको उल्लेख गर्दै उनले प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा युवा मैत्री नीति आउने बताए । उनले आगामी नीति तथा कार्यक्रममा थोरै बिद्यालय धेरै बिद्यार्थीको नीति ल्याउने र थोरै बिद्यार्थी भएका बिद्यालयहरुलाई गाभ्ने गरि कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।


    कार्यक्रममा बोल्दै लुम्बिनी प्राबिधिक विश्वबिद्यालयका उपकुलपति डा. बिनोद ढकालले शिक्षामा विश्वबिद्यालयबाट दिक्षित भए लगत्तै मुलुक बाहीर जाने सोँचको विकास गरिनु नहुने बताउनुभयो । उहाँले शिक्षामा स्वदेशमै स्वरोजगारको विश्वास दिलाउने नीति बन्न आवश्यक रहेको बताउँदै शिक्षाले उद्यमशिलता सिकाए युवामा बिदेश जाने चाहनामा कमी आउने विचार व्यक्त गर्नुभयो ।
    कार्यशालामा लुम्बिनी प्रदेश युवा परिषदका उपाध्यक्ष गोबिन्द खत्री, सदस्य रिया बस्नेत क्षेत्रीलगायतले राज्यसँग युवा मैत्री नीति नहुँदा युवाहरु बिदेश पलायन हुने गरेको बताएका थिए । कार्यशालामा सहभागी युवा सम्बद्ध संस्थागत प्रतिनिधित्व गर्ने युवा अगुवाहरुले राज्यले अवलम्बन गर्नुपर्ने युवा नीतिका बारेमा सुझाव दिएका थिए । कार्यशाला नेपालगन्ज घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । राज्यले युवामा लगानी गरे देशको चिनारीको रुपमा देखिन सकिने युवा तमाम रहेका छन् । खेल क्षेत्रमा राज्यले बढि लगानी गरे देशकै नाम उच्च हुने युवाहरुको भनाई थियो । युवा लक्षित कार्यक्रम ल्याउन आवश्यक रहेको भन्दै युवा सम्मेलन सम्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology