(Saturday 25th of July 2026)
`

कौशल्या मेमोरियल हस्पिटल हवलदारपुरमा निशुल्क दन्त शिविर हुने

  • सगरमाथा गन्तब्य
  • 8.4K
    SHARES

    नेपालगन्ज : कोहलपुर नगरपालिका वडा नं. ९ हवलदारपुर स्थित रहेको कौशल्या मेमोरियल हस्पिटलमा निशूल्क दन्त शिविर संचालन हुने भएको छ । सेवाग्राहीहरुको माग बमोजिम हस्पिटलमा पहिलो पटक निशूल्क दन्त तथा मुख सम्बन्धि उपचारको शिविर संचालन गरिन लागेको हो । असोज ३ गते हस्पिटल परिसरमा एक दिने निशुल्क दन्त तथा मुखको निशूल्क शिविर संचालन गरिन लागेको अस्पतालले यस सम्बन्धि विरामीहरुलाई सेवा लिन आग्रह गरेको छ । हस्पिटलले विरामी स्याहार सुसारमा गुणस्तरियता दिएको हुनाले जनताको मन जित्न सफल भएको कौशल्या हस्पिटलमा विरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ । हस्पिटलमा हरेक प्रकारको उपचारमा विशेषज्ञ डाक्टरद्धारा सेवा प्रदान गरिने भएको हुनाले गुणस्तरिय सेवामा तत्पर रहेको हस्पिटलका प्रबन्ध निर्देशक चन्द्र बहादुर महतोले बताउनुभयो । दन्त तथा मुख सम्बन्धि निशूलक सेवा असोज ३ गते बुधवार विहान ८ बजेदेखि ३ बजेसम्म सेवा लिन सकिने हस्पिटलले जनाएको छ । दन्त तथा मुख सम्बन्धि विशेषज्ञ डाक्टरद्धारा सेवा प्रदान गरिने भएको हुनाले मौकाको फाइदा लिन अस्पतालले अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology