(Saturday 25th of July 2026)
`

सगरमाथा स्कूलमा खुल्ला सामुहिक नृत्य प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)

  • सगरमाथा गन्तब्य
  • 6.9K
    SHARES

    नेपालगन्ज : नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा सगरमाथा ई. बो. स्कूल नेपालगन्ज १८ कारकादोले खुल्ला सामुहिक तिज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । स्कूलले आफ्नै प्राङगणमा शुक्रवार खुल्ला सामुहिक तिज नृत्य प्रतियोगिता २०८० सम्पन्न भएको हो । चार चरणमा बिभाजन गरिएको प्रतियोगितामा नर्सरी कक्षादेखि कक्षा १२ सम्मका छात्राहरुले भाग लिएका थिए । जसमा कक्षा २ देखि ४ सम्मका विद्यार्थीहरुलाई एक समुह, ५ देखि ७ कक्षासम्मकालाई दोश्रो समुह, ८ देखि १० सम्मका विद्यार्थीलाई तेश्रो समुह र कक्षा ११ र १२ का विद्यार्थीहरुलाई चौथो समुह विभाजन गरि नृत्य प्रतियोगिता गरिएको विद्यालयका एमडी कौशल कुमार पाण्डेयले बताउनुभयो । हरेक समुहका छात्राहरुलाई प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्नेलाई नगद पुरस्कार सहित ट्रफि र सम्मानपत्र प्रदान गरिने विद्यालयले जनाएको छ । प्रतियोगितामा भाग लिएका उत्कृष्ट चारै समुहलाई स्कुलले आयोजना गरेको सम्मान कार्यक्रममा पुरस्कार वितरण गरिने जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology