(Saturday 25th of July 2026)
`

‘चाचाजी’ को ९५ औं जन्मजयन्तीमा ७६ जना सञ्चारकर्मीको निःशुल्क मृगौला परीक्षण

  • सगरमाथा गन्तब्य
  • 6.3K
    SHARES

    नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय पन्नालाल गुप्त ‘चाचाजी’ को ९५ औं जन्मजयन्तीका अवसरमा मंगलबार सञ्चारकर्मीका लागि निःशुल्क मृगौला परिक्षण गरिएको छ । युनियन बाँकेले विगतका वर्षझै यसवर्ष पनि सञ्चारकर्मीको निःशुल्क मृगौला परीक्षण कार्यक्रम राखेको हो । युनियन बाँके र पन्नालाल गुप्ता स्मृती प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटलको सहकार्यमा शिविर राखिएको हो ।
    सेन्ट्रल सिटी हस्पिटल परिसरमा बिहान आयोजित कार्यक्रमको उद्घाटन गरिएको थियो । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्व एवम् युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । वरिष्ठ उपाध्यक्ष केसीले स्वर्गिय चाचाजीले आफ्नो जीवनकालमा सधैं साईकल चलाउने गरेको स्मरण गर्दै सञ्चारकर्मी स्वस्थ हुनका लागि नियमित रुपमा साईकल चलाउनुपर्ने बताउनुभयो ।
    युनियन बाँकेका अध्यक्ष ढकालले सञ्चारकर्मीका लागि स्वास्थ्य नै महत्वपुर्ण भएकाले विगतका वर्षझै यसपटक पनि युनियन बाँकेले निःशुल्क मृगौला परिक्षण कार्यक्रम राखेको बताउनुभयो । उक्त कार्यक्रममा युनियनका वरिष्ठ उपाध्यक्ष केसी, पुर्वमेयर एवम् प्रतिष्ठानका अध्यक्ष विजय गुप्ता, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले मन्तब्य ब्यक्त राख्नुभएको थियो । युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव भिष्म लोधले गर्नुभएको थियो । मृगौला परिक्षण गराउन ७६ जना सञ्चारकर्मीले चेकजाँच गराएको सचिव लोधले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology