(Saturday 25th of July 2026)
`

ईत्तेहाद संगठनको प्रथम लुम्विनी प्रदेश अधिवेशनको तयारी पुरा, उद्घाटन पोखरेलले गर्ने

  • सगरमाथा गन्तब्य
  • 7.3K
    SHARES

    नेपालगन्ज : नेकपा एमाले सम्वद्ध नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रथम लुम्विनी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । बिहिवार नेपालगञ्जको विपी चोकस्थित सिएसटी होटलमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गर्नुृहुने भएको छ । ईत्तेहाद संगठनले बुधबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरि अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट प्रतिनिधी र पर्यबेक्षक गरि दुई सय जनाको सहभागिता रहने जनाएको छ ।

    पत्रकार सम्मेलनमा इत्तेहादका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य सेराज फारुकीले नेपालको राष्ट्रियता बलियो बनाउन मुस्लिम समुदाय सधै सचेत रहँदै आएको बताउनुभयो । संगठनका केन्द्रीय उपाध्यक्ष तथा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुनले सामाजिक सद्भाव अभिवृद्धि र आर्थिक समृद्धिका लागि सम्मेलन ऐतिहासिक हुने दावी गर्नुभयो । संगठनका प्रदेश अध्यक्ष शकील अहमद खानले प्रतिनिधित्वको हिसावले प्रदेशका १२ जिल्लालाई क, ख र ग वर्गमा विभाजन गरिएको जानकारी दिनुभयो । अधिवेशनका लागि प्रतिनिधी र अतिथीहरु नेपालगञ्ज आउनेक्रम सुरु भईसकेको छ । अधिबेशनको तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ भने उदघाटन सत्र ११ बजे हुने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology