(Saturday 25th of July 2026)
`

धम्बोझीमा राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न अभियान जारी

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज – मातृभुमी नव निर्माण अभियानका साथ नेपालगन्जको धम्बोझी चोकमा पुर्व राजा विरेन्द्रको शालिक पुनस्थापन गर्ने भएको छ ।
    नेपालगन्जमा राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न मातृभूमि नवनिर्माण अभियानले अभियान सुरु गरेको हो । नेपालगन्जको बिरेन्द्र चोक अर्थात धम्बोझी चोकमा पुनः राजा बिरेन्द्रको पूरा कदको शालिक स्थापनाको लागी अभियानले धम्बोझी चोकबाट नै एक महिने हस्ताक्षर अभियानको सुरु गरेको छ । मंगलवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि पुर्व राजा विरेन्द्रको शालिक पुनस्थापन बारे जानकारी गराईएको हो ।
    अभियानका संयोजक तेज बिक्रम शाहले राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न हरेक वडामा वडा समिति निर्माण गरिने जानकारी गराउनुभयो । समिति गठन गरिएको २ महिना अवधिमा ९ वटा राजनीतिक पार्टीसंग सम्मन्वय, भेटघाट तथा सम्पर्क भैसकेको संयोजक शाहले बताउनुभयो । हरेक राजनीतिक दलसंग छलफल भैरहेको छ यसलाई सार्थकता दिन सबै राजी रहेको उहाँले बताउनुभयो । राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न सबैको साथ र सहयोगको खाचो रहेको बताउनुभयो । नेपालगन्जको बिरेन्द्र चोकमा राजा बिरेन्द्रको शालिक जुनसुकै परिस्थितमा पनि पुनस्थापना गरिने जानकारी गराउदै सम्बन्धित सबैलाई रचनात्मक सहयोग र ऐक्यबद्धता जाहेर गरिदिनुहुन आव्हान गर्दै अभियानका संयोजक तेज बिक्रम शाहले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । मातृभुमी नवनिर्माण अभियान नेपालको पहलमा नेपालगन्जको विरेन्द्र चोकमा स्व.राजा विरेन्द्रको शालिक पुनस्थापनाको लागि तेज विक्रम शाहको संयोजत्वमा १५१ सदस्य विरेन्द्र शालिक पुनस्थापना समिति गठन गरिएको दुई महिना पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology