नेपालगन्ज : लुम्बिनी प्राबिधिक बिश्वबिद्यालयको प्रथम बार्षिक उत्सव आज नेपालगन्जमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य किशोरसिंह राठोरको प्रमुख आतिथ्यतामा सोमवार लुम्बिनी प्राबिधिक बिश्वबिद्यालयको सभाहलमा बार्षिक उत्सव सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य किशोर सिँह राठौरले विश्वविद्यालय स्थापना गरि शिक्षामा गुणस्तरियता छ छैन केलाउन आम नागरिकको खाँचो रहेको बताउनुभयो । शिक्षामा गुणस्तर छैन भने भवन जति सुकै चमक बनाएपनि काम नलाग्ने उहाँले बताउनुभयो । पछिल्लो समय प्राविधिक शिक्षाको आवश्यकता बारे बोल्दै बाँकेलाई शैक्षिक हब बनाउन प्रत्येक नागरिकको आवश्यकता रहेको बताउनुभयो । शिक्षाको जनचेतना जगाउन सके जनताको जनस्तरमा वृद्धि हुने र देशले अर्थतन्त्र पनि मजबुट हुने उहाँले बताउनुभयो ।
बाँकेवासीको लागि विश्वविद्यालय स्थापना हुनु गर्भको कुरा भएको भन्दै उहाँले भन्नुभयो राम्रो जनशक्ति उत्पादन गर्न शिक्षकको ब्यवस्थापन अति आवश्यक रहेको बताउनुभयो । नेपालगन्जमा अध्ययन गर्ने विद्यार्थीलाई अन्यत्र अध्ययन गरेका विद्यार्थीहरु भन्दा गुणस्तरीय शिक्षाका साथै राम्रो अंक ल्याउने बनाउन विश्वविद्यालयले शिक्षाको स्तर कसरी वृद्धि गर्न सकिन्छ भनेर ब्यवस्थापन टिमले मुल्याङकन गरि शिक्षामा गुणस्तर ल्याउन पर्ने लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बताउनुभयो ।
प्राविधिक विश्व विद्यालय निर्माण हुनु हामी सबैको लागि खुसीको कुरा भएको भन्दै उहाँले भन्नुभयो बजेट अभावको लागि शिक्षामा खेलवाड नगर्नु लुम्बिनी प्रदेशले बजेट अभाब हुन नदिने जिकिर गर्नुभयो । बजेट अभाव भयो भन्दैमा गुणस्तरमा कमि ल्याउन कन्जुस्याई नगर्न उहाँले आग्रह गर्नुभयो । पुर्बमुख्य मन्त्री कुल प्रसाद केसीले लुम्बिनी प्रदेशको गौरवको योजना भएकोले यसलाई आवश्यक बजेट तथा नीति निर्माण गर्न आवश्यक जनशक्तिको ब्यवस्थापन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । विश्व विद्यालयका लागि सेवा समिति समेत नियुक्त भएको अवस्था छ यसले अव पुर्णता दिने उहाँले बताउनुभयो ।

उक्त कार्यक्रम लुम्बिनी प्रदेशका पुर्ब मुख्यमन्त्री कुल प्रसाद केसी प्रतिनिधि सभा सदस्य दिपा शर्मा लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री, प्रदेश सभा सदस्य, प्रदेश योजना आयोगका प्रमुख, प्रदेश लोकसेवा आयोगका प्रमुख, बाँके बर्दियाका स्थानीय तहका मेयर उप–मेयर, अध्यक्ष उपाध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
