(Saturday 25th of July 2026)
`

स्वास्थ्य शिबिर सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 6.3K
    SHARES
    नेपालगन्ज – बालबालिकाहरुका लागि नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । अप्टिमिस्ट क्लब अफ नेपालगन्जको आयोजना, कान्ति आरोग्य अस्पताल, HCRC अस्पताल र कौशिल्या अस्पतालको प्राबिधिक सहयोगमा नेपालगन्ज स्थित निल सागर सेवाश्रममा रहेका बालबालिकाहरुको लागि नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिबिरमा अप्टिमिस्ट क्लब अफ नेपालगन्जकी सदस्य तथा बालरोग विशेषज्ञ डाक्टर रोमा बोराले बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरेकि थिईन् । बालबालिकाहरुलाई ज्वरो, रोग, सर्दि, शरिर दु:ख्ने लगायतका समस्याहरु देखिएका थिए । बालबालिकाहरुलाई निशुल्क औषधि उपलव्ध गराईएको थियो । यसैगरी आश्रममा रहेका सबै जेष्ठ नागरिकहरुको समेत स्वास्थ्य परीक्षण गरिएको थियो । ५० बढि बालबालिकाहरुले सेवा लिएको उक्त शिबिरमा क्लवका अध्यक्ष नमस्कार शाह, संस्थापक अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष कमल शाही, बोर्ड डाईरेक्टर दिला शाह, उपसदस्यहरु राम न्यौपाने र डाक्टर रोमा बोराको उपस्थिति रहेको थियो ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology