(Saturday 25th of July 2026)
`

सामुदायिक बनको काठ हिनामिना गरेको आरोपमा आठ जना पक्राउ

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    नेपालगञ्ज : राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको आरोपमा स्थानीयले उजुरी गरेपछि बुधबार उनीहरुलाई पक्राउ गरिएको हो ।
    डिभिजन वन कार्यालय बाँके मुद्दा शाखाका रमेशकुमार बुढाथोकीका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारु, सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारुलाई वन कार्यालयले पक्राउ गरि हिरासतमा राखिएको छ ।
    आठै जनामाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने बुढाथोकीले बताउनुभएको छ । साल, अस्ना, कर्मा, जामुन, शिरिषलगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत, बाँकेबाट अनुमति लिएर प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology