नेपालगन्ज : कोहलपुर महोत्सवमा बुधवार राष्ट्रिय चर्चित चर्चित कलकारहरुको बेजोड प्रस्तुती भएको छ । चर्चित राष्ट्रिय गायक प्रकाश सपुत, गायीका टिका पुन, चर्चित गायक राज कुश्मी र चर्चित मोडेल सुनिता दहितको दमदार प्रस्तुती रहेको थियो । दर्शकलाई आफ्नो लोकप्रिय गीतहरु प्रस्तुत गरेर चर्चामा रहेका लोकगायक प्रकाश सपुतले गलबन्दी च्यातियो जस्ता चर्चित चर्चित गित प्रस्तुत गरेर स्टेज तताएका थिए । ‘कृर्षि पर्यटन शिक्षा र उद्योगको आवश्यकता व्यवसायी प्रवद्धनसंगै समाजिक एकता’ भन्ने नाराका साथ शुक्रवार देखि सुरु भएको महोत्सबमा चर्चित गायक राज कुश्मीले अटुवा मे बैठके बोलाए, तिरछी नजरिया मोरे हाई हाई, बार बार लेहगा उसका मारे जस्ता चर्चित गित गाएर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

यस्तै चर्चित गायीका टिपा पुनले पनि आफ्नो चर्चित चर्चित गित प्रस्तुत गर्नुभएको थियो । यस्तै चर्चित मोडेल सुनिता दहितले आफ्नो नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । महोत्सवको स्टेजमा चारै कलाकारले दर्शकलाई झुमि झुमी नचाएका थिए । उद्योग वाणिज्य संघ कोहलपुरको आयोजनामा फागुन ५ गते देखि जारी महोत्सबमा विभिन्न मनोरञ्जनात्मक बाल उधान, पिङ खानेकुरा, लगायतका स्टल राखिएका छन् । कार्यक्रमको उद्घोषक कोश बहादुर खडका र शितल शर्माले गर्नुभएको छ भने महोत्सबमा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने गरेको छ ।


