नेपालगन्ज : कोहलपुर महोत्सवमा मंगलवार राष्ट्रिय चर्चित चार गायक गायीकाले स्टेज तताएका छन् । दर्शकलाई आफ्नो लोकप्रिय गीतहरु प्रस्तुत गरेर चर्चामा रहेका लोकगायक, रामजी खाड, टंक तिमिल्सिना, चर्चित बाल गायक सुप्रिम मल्ल र गायीका सपना शाहीले स्टेज तताएका हुन् । ‘कृर्षि पर्यटन शिक्षा र उद्योगको आवश्यकता व्यवसायी प्रवद्धनसंगै समाजिक एकता’ भन्ने नाराका साथ शुक्रवार देखि सुरु भएको महोत्सबमा गायक रामजीले चर्चित लोगगीत झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाउ, अमिलो रसैले, फुल फुलेर पयालै भयो जस्ता थुप्रै गीतहरु श्रोताहरु माझ पस्किनुभएको थियो ।

यस्तै टंक टिमिल्सिनाले पनि खुबै चर्चा कमाएको गीत कुवाको पानी घैलामा, पैसा पैसा चिलिममा, पुक पुक गाला लगायतका गीत प्रस्तुत गर्नुभएको थियो भने बाल गायक सुप्रिमले धोकेबाज होउ तिमी, जाउ नभन्नु आमा साहु मेलामा, हिमाल जलेर आगो होस, ओई काजल जस्ता थुप्रै चर्चित गीत प्रस्तुत गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिनुभएको थियो यस्तै गायीका सपना शाहीले पनि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो । राष्ट्रिय चर्चित तिन गायक र १ गायीकाले स्टेजमा फरक फरक आ–आफ्नो प्रस्तुति दिदा महोत्सबका आएका दर्शकनै झुमेका थिए । महोत्सवको स्टेजमा गरिएको निकै ओतिला प्रस्तुति गर्दा दर्शकहरुले हुटिङ समेत गरेका थिए । उद्योग वाणिज्य संघ कोहलपुरको आयोजनामा फागुन ५ गते देखि जारी महोत्सबमा विभिन्न मनोरञ्जनात्मक बाल उधान, पिङ खानेकुरा, लगायतका स्टल राखिएका छन् । कार्यक्रमको उद्घोषक कोश बहादुर खडका र उमादेवी खनालले गर्नुभएको छ भने महोत्सबमा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने गरेको छ ।

