(Saturday 25th of July 2026)
`

नेपालगन्जबाट साढे ५ लाख नक्कली नोटसहित ३ जना पक्राउ

  • सगरमाथा गन्तब्य
  • 6.2K
    SHARES

    बाँके । नेपालगन्जबाट साढे ५ लाख नक्कली नोटसहित ३ जना पक्राऊ परेका छन् । नक्कली नोटको कारोवार भैरहेको सुचना पाएपछि निगरानीमा राखेका प्रहरीले बुधवार नेपालगन्जबाट ३ जनालाई नक्कली नोट सहित पक्राउ गरेको हो । पक्राऊ पर्नेमा, जिल्ला अछाम तुर्माखाद गाउँपालिका.वडा नं.३ बस्ने वर्ष ३७ को दिपक वि.सी., जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं.५ बस्ने वर्ष ३० को मोहन राना र जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ बस्ने वर्ष ३२ को मोहन कुमाई लाई पक्राउ गरि विहीवार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।


    प्रहरीका अनुसार गत बुधबार नेपालगंज उपमहानगरपालिका वडा नं. ४ न्युरोड स्थितबाट नेपाली एक हजारको नक्कली नोट रु ५,६९,०००।– सहित प्रहरीले पक्राऊ गरेको हो ।
    नक्कली नोटको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र बाँके जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राम प्रसाद घर्तिमगरले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology