घननारायण श्रेष्ठ – बर्दिया : २०१९ सालमा तिर्थबहादुर शाहको पहलमा नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको नामबाट सुरुवात भएको र पछि खड्ग बिक्रम शाहले शाहिपुरबाट स्थानान्तरण गरि बगनाहामा सचालन गरेको बिद्यालय, उहाँ सहित डम्बर बहादुर शाह, रणेन्द्र हमाल, श्रीराम थारु लगायतको पहलमा २०३० साल पौष ३ गते स्थापना गर्ने निर्णय भैइ २०३२ साल पौष १ गते चुरे निम्न माध्यमिक बिद्यालयको नामबाट बिधिवत सचालित बिद्यालय नै चुरे माध्यमिक बिद्यालयको रुपमा अघि बढ्यो । २०३४ साल माघ ४ गते कक्षा नौ सचालन गरेको बिद्यालयले २०३५ सालमा पहिलो पटक एसएलसीमा आफ्नो विद्यार्थी सामेल गरायो । यस बिद्यालयको पहिलो नेतृत्व रणबहादुर शाहले गर्नुभयो र प्रधानाध्यापकको जिम्मेवारी शिबराज जोशीलाई दिईयो । यो बिद्यालय बर्दिया जिल्ला मै तेश्रो माध्यमिक बिद्यालयको रुपमा स्थापित भयो ।
यस बिद्यालयले २०५६ श्रावण १६ बाट उच्च माद्यमिक तह स्वीकृति लिई कक्षा एघार सचालनमा ल्यायो । कक्षा सचालनसंगै यो बिद्यालय बर्दियाको चौथो उच्च माध्यमिक बिद्यालय बन्यो । बिद्यालयले २०७२ भद्र २७ गतेबाट सिटिईभिटीबाट बाली बिज्ञानको स्वीकृति लिई देशलाई आवश्यक प्राबिधिक जनशक्ती उत्पादनको थालनी गरेको छ । २०७३ भदौ १४ देखि कृषि र त्यस पछि भेटेनरी बिषयमा डिप्लोमा तहको पढाइ सचालन गर्दै आईरहेको छ ।
विभिन्न कालखण्डमा बिद्यालयलाई सामाजिक ब्यक्तित्वहरु मृगेन्द्रबहादुर सिह, रमेश बहादुर शाह, श्रीराम थारु, राजबिक्रम शाह, खडग बिक्रम शाह, हरि प्रसाद जोशी, देबि प्रसाद देबकोटा, डबल सिह सावद, घननारायण श्रेष्ठ, गगन सिह भण्डारी, मक्कुराम थारु, प्रेम प्रसाद खनाल लगायतको नेतृत्वमा बिद्यालय ब्यबस्थापनका कामहरु भयो ।
प्रशासनिक रुपमा बिद्यालयको प्रधानाध्यापक भै लामो समय कृष्णप्रसाद पौड्यालले नेतृत्व प्रदान गर्नुभयो । समय क्रम मै राम प्रसाद शर्मा, भिम सुबेदी, डम्बर ध्वज थापा, भवनाथ झा, तिलक प्रसाद खनाल, बिद्यादेबी शर्मा , नन्दराम अधिकारी, बालकृष्ण आचार्यले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भयो ।
बिद्यालयको स्थापना देखि हालसम्म विभिन्न राजनैतिक तथा सामाजिक क्षेत्रका अगुवा, नागरिक अगुवा ब्यक्तिहरुको बिद्यालयको समग्र बिकासमा अमुल्य योगदान रहेको छ । निर्वाचित जनप्रतिनिधिहरु, बडघर, विभिन्न सरकारी गैर सरकारी सघ सस्था, स्थानिय समुदाय, शिक्षक अभिभावकहरुको योगदान स्मरण योग्य छ तथापी ती सबै ब्यक्तित्वको नाम उल्लेख गर्दा लेख अलि लामो हुन जाने हुनाले यहाँ उल्लेख गर्न सकिएन त्यसका लागि क्षमा चाहान्छु ।
ठाकुरबाबा नगरपालिकाको वडा न.–३ मा रहेको यो बिद्यालयले उत्कृष्ट शैक्षिक गन्तब्य तथा अब्बल शैक्षिक सस्थाको रुपमा आफुलाई स्थापित गरेको छ । बिद्यालयका उत्पादित जनशक्तिहरु देशको राजनैतिक तथा प्रशासनिक उच्च ओहोदामा रहेर समाजको नेतृत्व गरिसक्नु भएको छ । विभिन्न सरकारी गैर सरकारी क्षेत्रहरु, उद्योग बाणिज्य, कृषि , प्रविधिक क्षेत्रमा रहेर देश बिकासको अभियानमा जुटिरहनु भएको छ ।
हाल बिद्यालय ब्यबस्थापन समितिको नेतृत्वमा ठाकुरबाबा वडा न.–३ का अध्यक्ष समेत रहनु भएका उर्जाशिल युवा श्रीकृष्ण थारु र प्रधानाध्यापकको जिम्मेवारी राजेश यादबले सम्हाल्नु भएको छ ।
नेपालको सम्बिधान २०७२ ले स्थानिय सरकारलाई माध्यमिक तह सम्मको शैक्षिक ब्यबस्थापनको जिम्मेवारी दियो । स्थानिय तहको पुनःसरचना पश्चात स्थापित ठाकुरबाबा नगरपालिकाले सम्बन्धित वडामा रहेका शैक्षिक सस्थाहरुको ब्यबस्थापनको जिम्मेवारीमा निर्वाचित जनप्रतिनिधिहरु को भुमिका महत्वपूर्ण हुन्छ भन्ने बिश्लेषण गर्यो ।
हिजो एकात्मक तथा केन्द्रीकृत राज्य प्रणालिमा स्थानिय निकायहरु नेपाल सरकार स्थानिय बिकास मन्त्रालय र जिल्ला बिकास समितिको मातहतमा रहेर काम गर्ने एउटा ईकाईको रुपमा स्थापित थिए । आजका स्थानिय तहहरु स्थानिय सरकारको रुपमा कानुनले निर्दिष्ट गरेका आधारहरु भित्र स्वायत्व सस्थाको रुपमा स्थापित छन । त्यो बेलाको वडा र वडाध्यक्षको भुमिका , नगरको भुमिका अनि अहिलेको वडा र वडाध्यक्षको भुमिकामा धेरै नै फरक छ त्यही यथार्थलाई दृष्टिगत गरि शैक्षिक रुपान्तरणको मियोको रुपमा वडामा निर्वाचित जन प्रतिनिधिको समन्वय र अगुवाईमा शैक्षिक बिकासलाई अघि बढाउन प्रयत्न गरियो ।
अधिकारलाई जति बिकेन्द्रीत गर्न सकियो त्यतिकै मात्रामा जिम्मेवारी उत्तरदायित्व पनि हस्तान्तरण हुँदै जान्छ फलतः सोही बमोजिम जवाफदेहिताको क्षेत्र बिस्तार हुन्छ । सुशासनको प्रबर्धनको लागि यो नै लोकतान्त्रिक उपाय हो । जस्लै परिवर्तनमा सबैको भुमिकालाई परिभाषित गर्छ भन्ने मान्यताका आधारमा नगरले नीति बनाएको देखिन्छ ।
परिवर्तित सन्दर्भमा अभिभावकको चाहनालाई आत्मसात गर्दै चुरे माद्यमिक बिध्यालयले २०७६ साल देखि अङ्रेजी माध्यमको समेत छुट्टै सेक्टर सन्चालन गर्दै यस बर्ष एसईईमा विद्यार्थी सामेल गराएको छ । नेपाली माध्यम, अङ्ग्रेजी माध्यम र प्राबिधिक धार सचालन गर्दै बिद्यालयको गुणस्तर सुधारका लागि ब्यबस्थापन समितिले नियमित अभिभावक भेटघाट, अभिभावक शिक्षामा जोड दिएको छ । बिद्यालयको सामन्य मरमत लगायत शैक्षिक सुधारको लागि शिक्षक तालिम, अभिभावक उत्प्रेरणा लगायतको कार्यमा वडाले लगानी गरेको छ साथै नगरसंगको साझेदारीमा वडाको सहयोगमा दुई वटा बिद्यालय बस खरिद गरि यातायातको प्रबन्ध गरिएको वडाध्यक्ष तथा ब्यबस्थापन समितिका अध्यक्ष बताउनु हुन्छ । बिद्यालय प्रती अभिभावकको चासो र बिश्वास बढ्दै गैइरहेको छ ।
बिद्यालयमा अहिले अङ्रेजी माध्यमतर्फ ४४४ जना, नेपाली माध्यम तर्फ ९७३ जना र प्राबिधिक तर्फ १७० गरि जम्मा १५८७ जना विद्यार्थी अध्ययन गर्छन । बिद्यालयले नजिकैको निजि बिद्यालयलाई पनि आफुमा समाहित गरेको छ ।
सरकारी अनुदान तथा बिद्यालयको आन्तरिक श्रोत समेत गरि ५३ जना शिक्षक कर्मचारी बिद्यालयमा कार्यरत छन । बर्दिया जिल्ला कै पुरानो यो बिद्यालयको शैक्षिक बिकासकालागी नगरपालिकाले सघ, प्रदेश सरकार तथा विभिन्न गैरसरकारी सस्थाहरुसंग मिलेर बिद्यालयको भवन, सौचालय, खेल्ने चौर, पुस्तकालय, प्रयोगशाला लगायत पुर्वाधार तथा सन्दर्भ सामग्रीको ब्यबस्थापन गरिदिएको छ । नगर शिक्षक, बालबालिकालाई न्यानो पोशाक, निशुल्क पाठ्यपुस्तक, कक्षा बालबिकास देखि कक्षा पाँचसम्म दिवा खाजाको प्रबन्ध पनि गरिएको छ । बिद्यालयले बिद्यालयमा चमेना गृहको ब्यबस्था गरेको छ ।
बिद्यालयको समग्र बिकासमा सबैको सहयोग प्रतिबिम्बित भएको देख्न पाईन्छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक बिद्यालयको भाबि योजना र सुधारमा स्पष्ट र प्रतिबद्ध भएको कुरा ब्यक्त गर्नुहुन्छ । बर्दिया कै पुरानो अनि अग्रणी यो शैक्षिक सस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना छ ।
