(Saturday 25th of July 2026)
`

नेपालगन्ज महोत्सवमा चर्चित गायक कुलेन्द्र विकले नचाए दर्शक

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज गायक कुलेन्द्र बिक सहितका चर्चित कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा सोमबार ख्याती प्राप्त गायक कुलेन्द्र बिक, गायिका पुजा पुरी, डान्सर अस्मिता पुरी, गायिका एवं उद्धोषिका शितल शर्मा र उद्धोषक कोष खड्काले बेजोड प्रस्तुति दिएका छन ।

    प्रचारप्रसार समितिका संयोजक भागवत कंडेल अनुसार सोमबार स्थानिय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रहेको थियो । यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा आज एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहेको थियो ।

    दर्शकको मनोरञ्जनका लागि महोत्सव परिसर भित्र नेपालमै उत्पादित खाद्य वस्तुका स्टल, बाल उद्यान, थारु होमस्टे र थारु गाँउमा अवलोकन गरेर बिभिन्न थारु परिकारको समेत दर्शकले छुट्टै मजा लिने गरेका छन ।
    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा। लि।को संयुक्त आयोजनामा जारी महोत्सव अब माघ २८ गते सम्म संचालन रह्नेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology