(Saturday 25th of July 2026)
`

नेपालगन्ज महोत्सव भित्र थारु गाउँ पनि

  • सगरमाथा गन्तब्य
  • 12K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा हुने चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९ भित्र थारु गाउँ पनि संचालन हुने भएको छ । यही माघ १० गतेदेखि संचालन हुने नेपालगन्ज महोत्सवमा थारु गाउँ पनि संचालन हुने भएको हो ।
    थारु गाउँमा थारु समुदायको विभिन्न परिकार जस्तै ढिक्री, घोघी, मुसाको चटनी, अचार, सिध्रा, सुङगुरको मासु, जाँडको झोल लगायतका परिकार पाइने सोनारी राप्ती मिडिया प्रालिका संचालक हेमन्त चौधरीले बताउनुभयो ।
    थारु गाउँमा राष्ट्रिय तथा स्थानिय कलाकारको समेत बेजोड प्रस्तुती रहेको चौधरीले बताउनुभयो । थारु गाउँमा १५ वटा थारु स्टल रहने छ भने थारु गाउँमा प्रवेश गर्न ३० रुपैया टिकट लाग्ने आयोजक सोनारी राप्ती मिडिया प्रालिले जनाएको छ । थारु गाउँमा थारु संग्राहलय समेत रहने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology