(Saturday 25th of July 2026)
`

भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मान

  • सगरमाथा गन्तब्य
  • 5.5K
    SHARES

    नेपालगन्ज : नेपालगन्जकी व्यूटिसियन गीता भण्डारीले वरिष्ठ सौन्दर्यविद सम्मान प्राप्त गर्नु भएको छ । अनुराधा फिल्म्स इन्टरनेशनल प्रालिको आयोजनामा शुक्रबार काठमाडौमा सम्पन्न “दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७९“ को अवसरमा भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मानबाट सम्मानित गरिएको हो ।
    देशभरका सौन्दर्यकर्मीको सहभागिता रहेको कार्यक्रममा सांसद एवं पुर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भण्डारीलाई सम्मान गर्नु भएको हो ।
    अढाई दशकदेखि सौन्दर्यकला व्यवसायमा सक्रिय रहेर देशका यूवापुस्तालाई आत्मनिर्भर एवं स्वरोजगारीमुखी बन्ने कार्यमा पु¥याउनु भएको योगदान स्वरुप सम्मान गरिएको हो । नेपालगन्जस्थित गुड आइडियल व्यूटी टे«निङ सेन्टर स्थापना गरि प्रशिक्षणमार्फत रोजगारी प्रदान गरेर सौन्दर्य व्यवसायलाई स्वदेशमै स्थापीत गरि यूवाहरुलाई उद्यमशील बनाउने अभियानमा योदान पु¥याउनु भएकोमा भण्डारीलाई सममान गरिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology