(Saturday 25th of July 2026)
`

माघ २७ र २८ मा टुर डे ठाकुरद्वार साइक्लिङ हुने

  • सगरमाथा गन्तब्य
  • 8.3K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज साइक्लिङ क्लबद्धारा प्रत्येक बर्ष आयोजना हुदै आइरहेको “ टुर डे ठाकुरद्वारको” ५ औं सस्करण ठाकुरद्वारामा हुने भएको छ । नेपालगन्ज साइक्लिङ क्लबद्धारा प्रत्येक बर्ष आयोजना हुदै आइरहेको “ टुर डे ठाकुरद्वारको” ५ औं सस्करण यही माघ २७ र २८ गते हुने भएको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बताउनुभयो । क्लबले आइतवार नेपालगन्ज साइकल उत्सव अन्तर्गत आयोजना हुन लागेको टुर डे ठाकुरद्वारको सचिवालयको समेत उद्घाटन गरिएको नेपालगन्ज साइक्लिङ क्लब सचिव प्रदीप सापकोटाले जानकारी गराउनुभयो ।
    लुम्बिनी प्रदेशसभा सदस्य संसद रत्न खत्रीले एक समारोहका विच टुर डे ठाकुरद्वार – २०७९ को सचिवालय उद्घाटन गर्दै कार्यक्रमले बाके र बर्दियाका पर्यटकीय क्षेत्र को प्रचारप्रसारमा महत्ववपूर्ण भुमिका निर्वाह गरेको भन्दै कार्यक्रम आयोजना गरेकोमा नेपालगन्ज साइक्लिङ क्लबको प्रसन्सा गर्दै कार्यक्रमलाई आफुले सक्दो सहयोग गर्ने र सहभागीता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


    क्लबका अध्यक्ष निरौलाले सचिवालय उद्घाटन सङ्गै आफुहरु कार्यक्रम लाई भब्य रूपमा सम्पन्न गर्न सम्पूर्ण रूपमा होमिएको बताउँदै यसबर्ष टुर डे ठाकुरद्वारमा भारतिय शहर कस्मिर, मुम्बई, दिल्ली, चन्डिगढ, लुधियाना, बरेली, लखनऊ , पन्जाब, नैनिताल लगायत का ठाउँबाट ५० बढीको सहभागी रहुने जानकारी गराउनुभयो । नेपालका ७ वटै प्रदेशका सबै शहर बाट १ सय जना भन्दा बढीको सहभागीता र बाँके, बर्दियाका स्थानीय गरेर १ सय जना भन्दा बढी सहभागी गरि कुल २ सय ५० जना बढीको साइक्लिस्टहरुको सहभागिता रहने नेपालगन्ज साइक्लिङ क्लबका कोषाध्यक्ष राजेस गुप्ताले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology