(Saturday 25th of July 2026)
`

कोहलपुरमा जथाभावी पार्किङ गरे सवारी साधनमा लाग्न सक्छ ‘ह्वील लक’

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    कोहलपुर–१ पुष – तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । यदी त्यसो गरे कोहलपुर नगर प्रहरीले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । कोहलपुर नगर प्रहरीले कोहलपुर बजार क्षेत्रमा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने अभियान सुरु गरेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो । नगर प्रहरी प्रमुख थापाले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाउन सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

    ‘ह्वील लक’ अभियान अन्तर्गत आज (विहीबार)देखि नगरमा माइकिङ गर्न सुरु गरिएको छ । जथाभावी पार्किङले ट्राफिक जाम हुने र दुर्घटनाको जोखिम समेत हुने भएकाले त्यसलाई नियन्त्रण गर्न कडाइ गर्न थालिएको उहाँको भनाइ छ । कोहलपुर भित्रि बजार क्षेत्रमा पनि अव्यवस्थित पार्किङलाई निरुत्साहित गर्ने गरी अभियान थालिएको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो । ‘आजदेखि सचेतनाका लागि माइकिङ गर्न सुरु गरेका छौं उहाँले भन्नुभयो–‘निश्चित पार्किङस्थलबाहेक अन्यन्त्र सवारीसाधन पार्किङ गरेको पाइए नगर प्रहरीले ‘ह्वील लक’ लगाएर सवारी साधन कारवाही गर्नेछ ।’ कोहलपुर नगर प्रहरीले अहिले पाँच वटा ‘ह्वील लक’ ल्याएको छ । कोहलपुर नगर प्रहरीले नगरलाई व्यवस्थित पार्ने अभियान अन्तर्गत फुटपाथ, ठेला, अतिक्रमित संरचना लगायतलाई हटाउने काम गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology