(Saturday 25th of July 2026)
`

कोहलपुर मेडिकल कलेजमा ६ वटा डायलिसिस सेवा सुरु

  • सगरमाथा गन्तब्य
  • 7.6K
    SHARES

    नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बन्द रहेको डायलिसिस सेवा पुनः सुरु भएको छ । साउनयता डायलिसिस सेवा नियमित हुन नसक्दा बिरामीले अकालमै मृत्युवरण गरिरहेका थिए । अस्पतालमा डायलिसिस सेवा बन्द हुँदा साउनयता मात्रै ३३ जनाको मृत्यु भएको थियो । मेडिकल कलेजले निजी सेवा प्रदायक कम्पनी बिरंग हेल्थ केयर प्रालिसँग सम्झौता गरी भदौ २०७७ देखि डायलिसिस सेवा चलाउँदै आएको थियो । पछिल्लो समय उक्त कम्पनीले अस्पतालबाट सम्झौता अनुसारको रकम नपाउँदा सेवा नियमित हुन छाडेको थियो ।
    नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले विरामीलाई ध्यानमा राखेर अहिले अस्पताल आफैंले डायलिसिस सेवा सुरु गरेको जानकारी दिनुभयो । अस्पताल आफैंले डायलाइसिस सेवा संचालन गर्ने निधो अनुसार आजदेखि ६ वटा मेसिनबाट एक साथ डायलिसिस सेवा सुरु भएको कर्मचारी संगठनका निवर्तमान सभापित कुश्माखर बस्यालले जानकारी दिनुभयो । डायलिसिस सेवा सुरु भएपछि विरामीहरुलाई ठूलो राहत मिलेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology