नेपालगन्ज : पछिल्लो समय नेपालमा सरकारले ल्याएको अध्यादेश विरुद्ध चर्चाको विषय बनेको छ । सरकारले ल्याएको अध्यादेशविरुद्ध सत्तारुढ दलका थारू अगुवा नेताहरू एकजुट भएका छन् । जिल्लादेखि केन्द्रसम्म टिकापुरका घटनाको विषयमा चर्चा भैरहदा नेपाली काँग्रेस बाँकेका सह सचिव विनोद थारुले मंगलवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि सरकारले अध्यादेश ल्याउन स्वागत योग्य रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा र अर्का महामन्त्री बिश्व प्रकाश शर्माले जुन किसिमको सामाजिक संजालमा टिकापुरका घटनाका दोषि मानिने रेशम चौधरी लगायतका नेतालाई अध्यादेश जारी गरि छुटाउने प्रक्रियाबारे अभिव्यक्ति दिनुभएको प्रति नेपाली काँग्रेस बाँकेका सहसचिव थारुले दुख व्यक्त गर्नुभयो । केही बर्ष पहिले धनगढीमा आयोजित कार्यक्रममा महामन्त्री थापाले बोलेको कुरालाई इङगित गर्दै सहसचिव थारुले अहिले आएर अध्यादेशको विरोध गर्ने र रेशम चौधरीलाई दोषी बनाउने अस्वभनिय रहेको जानकारी गराउनुभयो ।
हिजोको गगन थापा र आजको गगन थापामा फरक छ भन्दै सहसचिव थारुले भन्नुभयो, छेपारोको बोली जस्तै फेर्ने थापाको उचाई यही हो । थापाले धनगढीमा आयोजित एक कार्यक्रममा भन्नुभएको थियो ‘टीकापुर घटनामा मुछिएकाहरुले न्याय पाउनुपर्छ । त्यो राजनीतिक आन्दोलन थियो । टीकापुर घटनामा राज्यद्वारा अन्यायमा परेका थारु समुदायका नेताहरुले न्याय पाउनुपर्छ भन्ने महामन्त्री थापा अहिले अध्यादेश विरोधी हुनु लज्जास्पद रहेको थारुले भन्नुभयो ।
अध्यादेश तुहाउने खेल खेलिए चुप लागेर नबस्ने चेतावनी दिदै थारुले आन्दोलन चर्काउन परे सडकमा उत्रिने समेत जानकारी दिनुभयो । ’थरूहट आन्दोलन मुलुकको स्वाधीनताको रक्षाका लागि भएको थियो । तर थारू आन्दोलनलाई हिंसा देखाएर थारूको भावनामाथि ठेस पु¥याउने काम भयो । आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दाहरू समाधान गर्न ल्याइएको अध्यादेशको हामी सम्मान गर्छौं उहाँले भन्नुभयो । तर ज–जसले यो अध्यादेशप्रति प्रश्न उठाउनुभयो र अध्यादेश तुहाउने खेल खेल्दै हुनुहुन्छ । हामी चुप लागेर बस्दैनौं। त्यसको प्रतिवाद हामी सडकबाट गर्न तयार छौं, सहसचिव थारुले भन्नुभयो । थारु समुदाय सिधासोझा हुन्छन भनेर नहेपे हुन्छ उहाँले भन्नुभयो । रेशम चौधरीलाई अध्यादेश कायम गरि रिहाई गर्नुपर्छ ।
