(Saturday 25th of July 2026)
`

बाँकेमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरोकारवालसंग अन्तरक्रिया

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    नेपालगन्ज : सरोकारवाला निकायले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बाहेक अन्य दिनहरुमा हिंसा र हिसासंग सम्बन्धित जनचेताना मुलक कार्यक्रमलाई निरन्तरता दिन नसक्दा हिंसाको न्यूनिकरण हुन नसकेको अधिकारकर्मीहरुले औल्याएका छन् । अधिकारका कुरा काजमै सिमित भएकाले पनि लैङ्गिक हिंसा न्यूनिकरण नहुनुको पनि मुख्यकारण रहेको बाँकेका अधिकारकर्मीहरुले औल्याएका हुन् ।
    शुक्रबार संचारीका समूह बाँकेद्धारा आयोजीत लैंगिक हिंसाको अवस्था र सरोकारावालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सरकारले करोडौ रुपैंया खर्च गर्दा समेत लैङ्गिक हिंसाको न्यूनिकरण हुन नसकेको गुनासो सुनाउदै लैङ्गिक हिंसा हुनुको मुख्य कारण पत्ता नलगाएसम्म लैङ्गिक हिंसा अन्त्य नहुने नेपालगंज उपमहानगरपालिका महिला तथा बालबालिका कार्यालय बाँकेका महिला विकास अधिकृत मञ्जु पाण्डेले बताउनुभएको छ । उहाँको अनुसार लैङ्गिक हिंसामा पनि सबै भन्दा धेरै महिला पिडीत रहेका छन् । महिला विकास अधिकृत पाण्डेले महिला हिंसाका विषयमा सम्बन्धित निकायसंग तथ्यांक नभएको खुुलासा गर्दै दिगो विकास लक्ष्यको लक्ष्य नं. ५ को अनुसार संकलन गरिएको तथ्यांक अनुसार शरीरिक हिंसा भएका महिलाहरुको तथ्यांक ७.५ प्रतिशत रहेको छ ।
    सरकारी सेवामा महिलाहरुको सहभागिता औपचारीक रुपमा नभएको बताउँदै सहभागीता जम्मा ३० प्रतिशत रहेको र यसको संख्या ५० प्रतिशत पु¥याउनु पर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । महिलाहरुको नाममा संस्थाहरु दर्ता हुने र काम भने पुरुषले गर्नेको संख्या बाँकेमा २५ रहेको उहाँले प्रस्तुत गरेको कार्यपत्रको तथ्यांकमा उल्लेख छ । राज्यले महिला हिंसा तथा लैंगिक हिंसा अन्त्य गर्नकालागि सबैभन्दा ठूलो लगानी लगाएर काम गर्न उहाँले सुझाव समेत दिनुभएको छ ।


    नेपालमा महिलाका बिषयमा एसियाकै उत्कृष्ट कानूनको व्यवस्था भएतापनि व्यवस्थालाई सही ढंगले कार्यान्वयन गर्न नसकेकाले दिनहु महिला हिंसाको तथ्याङकमा बृद्धी हुने गरेको कानून व्यवसायी सुनिता शर्माले बताउनुभयो । बाँकेमा पछिलो समयमा धेरै आत्महत्या, हिंसा, र बलत्कारको घटना भैरहेको बताउदै उहाँले भन्नुभयो, कानुनलाई नै खुकुलो बनाएर अदालतबाट धरौटीमा छुटेका घटनामा आगो बालेर आन्दोलन गर्नुभन्दा वास्तविक रुपमा पिडितलाई हिंसाको बारेमा जानकारी गराउन आवश्यक रहेको उहाँले जानकारी दिनुुभयो ।”
    लैंगिक हिंसाका स्वरुपहरु परिवर्तन हुँदै समाजमा घटिरहेको घटनालाई पनि कानुनी प्रक्रिया झण्झटिलो र कडाई नगरिदा पिडित झनै पिडा झेल्नु परेको अभियान नेपालका अध्यक्ष कमला पन्तले बताउनुभयो । यस्ता समस्यालाई समाधान गर्न सञ्चारकर्मीहरुको मुख्य भुमिका रहेको बताउदंै सत्यतथ्य घटनालाई मध्यनजर गर्दै आवाज बिहीन पिडितका पक्षमा समाचार सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभएको छ ।
    अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका सरस्वती मल्लले महिला हिंसाका समस्यालाई मात्र उजागर गर्ने नभई समाधान गर्न कार्यान्वयनमा जान आवश्यक रहेको बताउनुभयो । अपराधीलाई जेलमा पठाउने मात्र हिंसाको अन्त्य नभएको बताउँदै जेलमा जाने वातावरणको अन्त्य गर्न सक्यौं भने मात्र समाजबाट हिंसा अन्त्य हुन सक्ने निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता खनालले बताउनुभयो । बलत्कृत भएर सडकमै बच्चा जन्माएका महिला, घरबाट निकालिएका बुबा आमाहरुलाई सडकबाट उद्दार गरि आश्रममा राखिएका बालबालिका, बृद्ध आमा बुबा मानशिक तनाबले लामो समयदेखि डिप्रेसनको औषधी खान बाध्य भएका छन् । महिला हिंसा अन्त्यका लागि घरबाट नै नैतिक शिक्षाको चेतना दिन आवश्यक भएको बताउदैे हिंसा हुनु पछाडीको कारण रिसर्च गरेर यसलाई अन्त्य गर्न सुझाब दिनुभयो ।
    लैङ्गिक हिंसा पुरुषबाट मात्र नभई महिलाबाट पनि पुरुष हिंसामा पर्ने थुप्रै घटनाहरु महिला सेलमा आउने गरेको प्रहरी कार्यालयका बाँके महिला सेलका प्रमुख प्रहरी निरिक्षक महेश्वी विष्टले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology