(Saturday 25th of July 2026)
`

दोषीमाथि हदैसम्म कारवाहीको माग गर्दै जुरमुराए महिला राजनीतिककर्मी

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    नेपालगन्ज : गत कात्र्तिक १६ गते झुण्डिएको अवस्थामा फेला परेको आत्महत्या होइना हत्या हो भन्दै महिलाहरु जुरमुराएका छन् । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं ७ पिप्रहवामा कात्र्तिक १६ गते झुण्डिएको अवस्थामा भेटिएको मृतक अफसरुल खाँ को हत्या भएको भन्दै बाँकेका महिलाहरु जुरमुराएका छन् । विहीवार उनिहरु पत्रकार सम्मेलन गरि दोषीमाथि हदैसम्म कारवाही नभए सडक आन्दोलन गर्ने बताएका छन् । मृतक खाँको शरिर भरि निलडाम छ कसरी आत्महत्या गर्न सक्छ अन्तरपार्टी महिला संजाल बाँकेका अध्यक्ष अम्बीका काफ्लेले भन्नुभयो । फोटोमा हेर्न सकिन्छ उहाँको हत्या हो कि आत्म हत्या प्रस्टै देखिन्छ उहाँले भन्नुभयो । प्रहरीले हत्यामाथि संलग्न सवैलाई हदैसम्म कारवाही नगरे सडक आन्दोलनमा उत्रिने उहाँले भन्नुभयो ।
    महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा पनि प्रहरी प्रशासन मौन बस्नु र राजनीतिक चलखेल हुनु यसमा कदापी हामी मान्य नहुने उहाँले बताउनुभयो । बिहीवार विभिन्न राजनीतिक दलका महिला प्रतिनिधिहरुले यस्तो जघन्य अपराधमा राजनीतिक मुद्दा बनाउनु हुदैन भन्दै आन्दोलन समेत गर्न तयार रहेको बताएका छन् । एक महिलामाथि अन्याय भएको उहाँलाई न्याय दिनु हाम्रो कर्तव्य हो महिला नेतृ विजया धितालले भन्नुभयो । महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई सफल बनाउनु पर्ने ठाउँमा अहिले हत्या जस्तो जघन्य विषयमा राजनीतिक मुद्दा बनाउनु अस्वभनिय रहेको उहााले भन्नुभयो ।


    परिवारले न्यायको खोजीमा भौतारी रहेका छन् । छोरी अफसरुल खाँ को आत्माहत्या नभई हत्या भएको बताउदै परिवार न्यायको खोजीमा भौतारीदा पनि न्याय नपाउनु कहाँसम्मको कानुन हो उहाँले भन्नुभयो । छोरीलाई बारम्बार दाइजोको निहुमा कुटपिट गर्नु, घर निकाला गर्नु जस्ता विभिन्न किसिमका टर्चर दिदा पनि न्ययालयले न्याय कहिले दिने अफसरुल खाँका आमा समा पर्विले भन्नुभयो । सो विवाहमा २५ लाख रुपैयाँ खर्च भएको मृतकका बुबा मो.बहाब खाँले बताउनुभयो । सो २५ लाखमध्ये २० लाख रुपैयाँको नगद तथा विभिन्न सामान दाइजोको रूपमा केटा पक्षलाई दिइएको मृतकका आमा पर्विले बताउनुभयो । सोपश्चात् पनि धेरै पटक छोरी अफसरुलाको माध्यमबाट उनका घरपरिवारले थप दाइजोका लागि दबाब दिने गरेको पर्वले भन्नुभयो । दाइजोका कारण धेरै पटक मृतक अफसरुला सो घरमा बस्न नसक्ने स्थिति भएको बताउँदै आएको आमा पर्वीले बताउँनुहुन्छ । तर आफूले सम्झाइ बुझाइ घर पठाउने गरेको उहाँले बताउनुभयो । अफसरुलाको मृत्युको एक दिन अघि कात्तिक १५ गते बेलुका ७ः३० बजे पनि छोरीसँग कुराकानी भएको आमा पर्वि बताउँनुहुन्छ । लगभग १५ मिनेट लामो कुराकानीमा मृतक छोरीले आफूलाई मार्न सक्ने कुरा बताएको उहाँले सुनाउनुभयो ।
    मृतक छोरीका आमा बुवाले ससुरालीका घरपरिवाले हत्या गरेर आफ्नै घरको कोठाको पंखामा झुड्याइएको दाबी गर्नुभएको छ । मृतक अफसरुलाका ससुरालीका परिवारले मृतक छोरीलाई दाइजोको निहुँमा मारेर हत्याको आकार दिन खोजिएकोे मृतकका बुबा मोहमद बहाब खाँले बताउनुभयो । उहाँकोे शव बेडमा खुट्टाले टेकेको अवस्थामा भेटिएको प्रत्यक्षदर्शीको प्रमाण रहेको जानकारी गराउनुभएको छ । मृतक अफसरुलाको ढाड, पिठ्युँको बीच भागमा हत्केलाले हानेको निलो चारवटा डामहरूकोे फोटो देखाउदै मृतकका बुवाले न्याय पाउने आस मर्न लागिसकेको बताउनुभयो । उनीहरू कर्तव्य ज्यान मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालयदेखि जिल्ला अदालत र वकिलसम्म दिनहुँ धाइरहदा पनि प्रहरी प्रशासनबाट न्यायको बाटो तय भएन उहाँले भन्नुभयो । न्यायका लागि कति जिल्ला प्रहरी धाए तर पनि हप्काएर पठाउने बाहेक न्यायको कुरै भएन मृतक अफसरुला खाँका बुवा बहाब खाँले भन्नुभयो ।
    जिल्ला प्रहरी कार्यालय बाँकेमा अफसरुलाको मृत्युलाई लिएर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भई जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेर श्रीमान मेराज शेष र श्रीमानका दाई (जेठाजु) आलमिन शेषलाई प्रहरीले हिरासतमा लगिसकेको छ । मृतकका बुवा मोहमद बहाब खाँले छोरीको आत्मा हत्या नभई सोचबिचार गरेर हत्या गरियएको प्रमाणले देखाएता पनि प्रहरीले भने पीडक परिवारको बचाउ गरिरहेको दाबी गर्नु भएको छ । अफसरुलालाई प्रमाणमा स्पष्ट कुटपिट गरी मारिएको देखीए पनि प्रहरीले भने आत्महत्या दुरुत्साहनको मुद्दा लगाएर पीडक परिवारलाई बचाउ गरेको उहाँको भनाई रहेको छ । मृतकका बुबा, आमा अफसरुलालाई ससुरालीका घरपरिवारले मारेको भन्दै कर्तव्य ज्यान मुद्दा दर्ता गराउन माग सहित भौतारी रहेको दुखेसो पोख्नुभएको छ । ३ पटक जाहेरी लिएन प्रहरीले चौथो पटक हत्या दुरुत्साहनको लिएर आउनुस अनि दर्ता गर्ने भनेपछि के गर्ने सोही अनुसार मुद्दाा दर्ता गरेको उहाँले भन्नुभयो । मृतकका बुबा पहिला प्रहरीले आफूखुसी आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको र अहिले भने जे मुद्दा ल्याए पनि दर्ता गर्दिने भन्ने गरेको बताउँनुहुन्छ । तर जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भइसकेकाले कर्तव्य ज्यान मुद्दा दर्ता गराउन उहाँलाई धेरै नै हम्मे–हम्मे परेको छ । मृतक अफसरुलाले १२ पास गरेकी थिइन् । मृतक अफसरुलाको ९ महिनाको छोरा छ । मो.बहाबले सुरुमा मेराज शेष, मेराजको बुबा नजिर अहमद शेष, मेराजको दाइ आलमिन शेष, मेराजको दिदी साज रुन शेष, मेराजको भाउजू हसिना शेष गरी ५ जनाको नामसहित कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानको मुद्दा दर्ता गर्न पुगेको थिए । ‘सुरुमा ५ जनाको नाम लिएर जाँदा प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले उल्टै हामीलाई थर्काउँदै तिमीहरूले जे भने त्यही हुन्छ भन्नुभयो,’ मो. बहाब खाँले भन्नुभयो । त्यसपछि फेरि कात्तिक १७ मेराज शेष, मेराजको दाइ आलमिन शेष र मेराजको भाउजू हसिना शेष गरी ३ जनाको नाम लिएर पुनः मो. बहाब प्रहरी चौकी पुगे । त्यो दिन पनि मुद्दा दर्ता भएन । उहाँले भन्नुभयो, ‘आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता हुन्छ । दुई जनाको मात्र नाम ल्याउन भनेर इन्स्पेक्टरले पनि थर्काउनुभयो । अनि कात्तिक १८ गते हामीले दुई जनाको नाम लिएर गयो । तर श्यामकृष्ण अधिकारी ज्यूले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराउनु भयो ।’


    यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्तिमगरले अनुसन्धानमा कुनै खोट नभएको दाबी गर्नुहुन्छ । डिएसपी घर्तिमगरले भन्नुभयो, ‘हामीले घटना विवरण थाहा पाएपछि स्थानीय जनप्रतिनिधि मृतकका परिवार (माइती पक्ष) का व्यक्तिहरू आइसकेपछि ढोका फोडेका शव निकालेका हौँ । मृतकको शव भुईँमा गोडा लत्रिएको अवस्थामा फेला परेको थियो शरीरको पछाडीको भागमा केही नीलडाम पनि थिए । डिएसपी घर्तिमगरले भन्नुभयो, ‘शवको पोस्टमार्टम रिपोटले झुण्डिएर निधन भएको देखाएपछि हामीले आत्महत्या दुरुत्साहन मुद्दामा मृतकका श्रीमान् र जेठाजुलाई हिरासतमा लिएका छौँ । उनीहरू अहिले हिरासतमा छन् ।’
    मृतकको टाउकोमा चोट लागेको तर प्रहरी मुचुल्कामा सो कुरा उल्लेख नगरिएको भन्ने पीडित पक्षको दाबी छ । शव पोस्टमार्टम गरेपछि टाउको सिलाइन्छ । तत्काल लिएको तस्बिर र पाँच घण्टापछि लिएको मृतकको शरीरको फोटोमा धेरै भिन्नता हुन्छ । शरीर डिकम्पोज भइसकेको हुन्छ ।’ उहाँले प्रहरीको अनुसन्धानमा शंका गर्ने कुनै ठाउँ नरहेको बताउनुभयो । थप अनुसन्धान भैरहेको हुनाले मृतकका बुवा आमाले न्याय पाउनेमा प्रहरी कुनै कसर बाँकी नराख्ने डिएसपी घर्तिमगरले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology