(Saturday 25th of July 2026)
`

अमेरिकन एम्बेसी युथ काउन्सिलको ‘अपस्कील प्रोजेक्ट’ सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 5.4K
    SHARES

    काठमाडौं । अमेरिकन एम्बेसी युथ काउन्सिल नेपालको आयोजनामा मंसिर १० गतेदेखि दाङमा सुरु भएको ‘अपस्कील’ प्रोजेक्ट आइतबार सम्पन्न भएको छ । आठ दिनसम्म सञ्चालन भएको उक्त प्रोजेक्टले दाङको तुलसीपुरस्थित मेट्रो कलेजका विद्यार्थीहरुलाई अतिरिक्त सीप (ट्रेनिङ) प्रदान गरेको छ । ट्रेनिङबाट ७० जना विद्यार्थी लाभान्वित भएका अपस्कील प्रोजेक्टका संयोजक कुलदीप चौधरीले जानकारी दिए।

    मंसिर १० गतेदेखि सुरु भएको ट्रेनिङको दोस्रो दिन अर्थात मंसिर ११ गते ट्रेनेर धमन बस्नेतले विद्यार्थीहरुलाई ‘लक्ष्य निर्धारण’ सम्बन्धी तालिम दिएका थिए। जहाँ विद्यार्थीहरुलाई आफ्नो लक्ष्य कसरी निर्धारण गर्नेबारे सिकाइएको थियो।

    यस्तै, तेस्रो दिन १२ गते कुलदीप चौधरीले ‘प्रभावकारी प्रस्तुतीकरण’का बारेमा विद्यार्थीलाई ट्रेनिङ दिएका थिए भने चौथो दिन ‘नेतृत्व विकास’का लागि सन्दीप भुसालले प्रस्तुति दिएका थिए। यसैगरी, पाँचौं दिन ‘रेज्युम लेखन’का लागि समय खड्का र छैटौं दिन ‘अन्तर्वार्ता’का लागि सम्पदा दाहालले तालिम दिएकी थिइन् । यस्तै, सातौँ दिन ‘डिप्लोमा इन फरेष्टी’का लागि दाङका सहायक वन अधिकृत खिमबहादुर केसी, ‘डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ’का लागि दाङको जयमाता दी स्यानिटरी उद्योगका सञ्चालक प्रशान्त जिसी, ‘डिप्लोमा इन इलेक्ट्रिकल एण्ड इलेक्टोनिक्स इन्जिनियरिङ’का लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका अनुगमन अधिकृत अविनाश अमर र ‘डिप्लोमा इन फुड एण्ड डेरी एग्रीकल्चर’का लागि प्रशिद्धि एग्रो प्रोसेसिङ प्रालि तथा साकार सौरभ डेरीका सञ्चालक रेशम खड्काले तालिम दिएका थिए। तालिमपश्चात् विद्यार्थीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।शिक्षा प्राप्त गरे पनि श्रमबजारमा पुग्नका लागि विभिन्न कठिनाइहरु देखिँदै आएको अवस्थामा तालिम सहयोगी बन्ने प्रोजेक्ट हेड कुलदीप चौधरी बताउँछन् ।

    ‘पछिल्लो समय शिक्षा प्राप्त गरेपनि श्रमबजारमा पुग्नका लागि विभिन्न कठिनाइहरु देखिँदै आएका छन्, यस्तो अवस्थामा शिक्षित युवाहरु सजिलै श्रम बजारमा प्रवेश गर्नका लागि सीप प्रदान गरिएको हो,’ उनले भने ।

    तलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा उद्घाटन भएको अपस्कील प्रोजेक्ट उपप्रमुख स्यानी चौधरी र प्रोजेक्ट हेट कुलदीप चौधरको अध्यक्षतामा आइतबार सम्पन्न भएको हो।

    कार्यक्रममा जिल्ला युवा परिषद् दाङका अध्यक्ष सुरेश रावत, मेट्रो कलेजका क्याम्पस प्रमुख वसन्त आचार्यलगायतले मन्तव्य राखेका थिए। अमेरिकी एम्बेसी युथ काउन्सिल (युएसवाइसी) अमेरिकी दूताबास काठमाडौँले सन् २०११ मा बनाएको नेपाली युवाहरुको मञ्च हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology