(Saturday 25th of July 2026)
`

राप्तीसोनारीलाई पर्यटन क्षेत्रको रुपमा चिनाउने छु – एमाले उम्मेद्वार ढकाल

  • सगरमाथा गन्तब्य
  • 7.3K
    SHARES

    बाँके । नेकपा एमाले र राप्रपाको संयुक्त वडा भेला तथा घरदैलो अभियान राप्तीसोनारी गाउँपालिका वाड नम्बर ६ र ७ मा सुरु भएको छ ।
    बाँके जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले वडामा गरिएका विभिन्न भेलालाई सम्बोधन गर्दै देश र जनताको हितमा रहि काम गर्ने पार्टीलाई भोट दिनु पर्छ जुन एक मात्र पार्टी नेकपा एमाले हो । जब– जब नेकपा एमाले सरकारमा पुगेको छ तब–तब उस्ले ऐतिहासिक काम गरेको स्मरण गराउनु भयो । ढकालले एमाले सरकारमा हुँदा जेष्ठ नागरिक, एकल महिलाका हितका लागि सामाजिक सुरक्षा भत्ता व्यवस्थाको सुरुवात गरेर एतिहासिक काम गरेको बताउनु भयो । उहाँले राप्तीसोनरी गाउँपालिका प्राकृतिक सुन्दरताले भरिएको पर्यटन बिकासको सम्भावना बोकेको क्षेत्र भएको हुँदा यस ठाउँको बिकासको लागि धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । उहाँले राप्तीसोनारीलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गरि हजारौ पर्यटक भित्राउने आफ्नो सपना रहेको र त्यो सपना पूरा गर्नको लागि स्थानियको नै साथ चाहिने बताउनु भएको छ ।
    नेकपा एमालेले चाहेको छ आउने दिनमा मंसिर चार गतेको चुनावमा बहुमतको सरकार बनाउने ,देशमा उन्नती, प्रगति र सुखि समृद्धि साथै हरेक जनताका अनुहारमा मुस्कान दिलाउन चाहेको छ । आउने निर्वाचनमा नेकपा एमाले बिजयी हुनुपर्छ । नेकपा एमाले हार्नु भनेको गरिब किसान मजदुर, शोषण पिडित महिला हार्नु हो । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा राष्ट्रिय स्वाभिमानका निम्ति नेकपा एमालेलाई आफ्नो अमूल्य मत दिएर जिताउन तथा मतको सहि सदुपयोग गर्न ढकालले आग्रह पनि गर्नु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology