(Saturday 25th of July 2026)
`

महापुरुषको टिम नेपालगन्जमा

  • सगरमाथा गन्तब्य
  • 10.4K
    SHARES

    नेपालगन्ज : नेपाली कथानक चलचित्र महापुरुषको टिम नेपालगन्जमा आएका छन् । नेपालगन्जमा चलिरहेको चलचित्र महापुरुषको टिम नेपालगन्जमा भिजिटका लागि आएका हुन् । बुधवार नेपालगन्जको एयरपोटमा महापुरुषको टिमले टाटा शो रुमले स्वागत गरेको छ । टाटा शो रुमले एयरपोटमै गएर उनिहरुलाई स्वागत गरेको हो । यस्तै नेपालगन्ज एयरपोटमा रहेको टाटा शो रुममा पनि महापुरुषको टिमले अनुगमन गरेका छन् ।
    महापुरुषका टिमले क्युएफएक्स मुभिजमा आज दिनभरी रहने जनाएका छन् । महापुरुषको टिमले आज २ बजे पत्रकार सम्मेलन गरि चलचित्र बारे जानकारी गराउने भएका छन् । चलचित्रका कलाकारहरूले प्रेम, घृणा, संवेदना, रोमान्स, विद्रोह आदि समावेश भएको पारिवारिक कथा महापुरुषमा चित्रण भएको सामूहिक अभिव्यक्ति दिएका छन् । चलचित्रका अभिनेता एवं वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले महापुरुषमा समूहकार्य राम्रो भएको बताउँदै चलचित्र उत्कृष्ट बनेको दाबी गर्नुभएको छ । अभिनेत्री गौरी मल्ल, चलचित्रका नायक अरुण क्षेत्री र नायिका अञ्जना बराइली, चलचित्रका निर्माता रवीन्द्रसिंह बानिया लगायतको टिम नेपालगन्जमा आएका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology