नेपालगन्ज : बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार किस्मतकुमार कक्षपतिले खजुरा, बैजनाथ र जानकीलाई समृद्ध बनाउन मेरो उम्मेद्वारी रहेको बताउनुभएको छ । शनिवार जनताको घरदैलो कार्यक्रममा प्रतिनिधि सभाका उम्मेद्वार कक्षपतिले सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिप्रायका साथ बाँके क्षेत्र नं. ३ लाई विकासोन्मुख बनाउन मेरो उम्मेद्वारी रहेको बताउनुभएको हो । आफु जन्मे हुर्केको ठाउँमा विकास गर्न कुनै कसर बाँकी नराख्ने उहाँले धारणा राख्नुभएको छ ।
२०७४ सालको पहिलो स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका कक्षपतिले ५ बर्षमा खजुरावासीको लागि उदाहरणीय कार्य गरेर देखाएको जनता सामु छर्लङग रहेको बताउनुभयो । खजुरा गाउँपालिकालाई नेपाल मै पालिका मध्ये टप ११ मा पार्न सफल भएको उहाँले जानकारी गराउनुभयो । आफुसंग जोश जागर र बजेट ल्याउन सक्ने क्षमता रहेको हुनाले बाँके क्षेत्र नं. ३ मा निर्वाचित भएपछि जनताको सेवादायिक कार्य गर्ने कक्षपतिले बताउनुभयो ।
पालिका अध्यक्ष हुँदा उहाँले वडा नं. २ को खेल मैदान, वडा नं. ३ मा उपस्वास्थ्य शाखामा १५ बेडको भवन, खजुरा गाउँपालिका भवन, सभा भवन, वडा नं. ६ औधोगिक ग्राम उद्योग निर्माण कार्य सुचारु गरेको, वडा ७ शीत भन्डार निर्माण, वडा नं. ४ मा फुटबल ग्राउन्ड, मिनि रंगशाला प्याराफिटनिर्माण, वडा नं. ८ मा प्रदेश विश्वविद्यालय निर्माणका निम्ति खाका तयार, खजुरा गाउँपालिकामा कालो पत्रे, बाटा घाटा ग्राबिल पुल, किसानलाई आवश्यक सामाग्रीहरु उपलब्ध तथा बृद्धबृद्धालाई स्वास्थ्य उपचार लगायतका कार्य गरेर देखाई सकेको हुनाले जनताले पुनः एक पटक काम गर्ने मौका दिनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।
सबै काममा भिजन भएको हुनाले जनताले चाहे जस्तो खोजेजस्तो काम गरेर देखाउने उहाँले प्रतिवद्धता कायम गर्नुभयो । कक्षपतिले आफ्नो क्षेत्रमा पर्ने परसपुर –गौघाट सडकखण्ड र किरण नालाको पुल सम्पन्न गर्न आफ्नो पहिलो प्राथमिकता हुने धारणा राख्नुभयो ।
