(Saturday 25th of July 2026)
`

लागुऔषध सम्बन्धी समग्र समस्या एमाले उम्मेदवार सामु राख्दै : कोहलपुरका स्थानिय युवा

  • सगरमाथा गन्तब्य
  • 5.9K
    SHARES

    सरला सुबेदी बाँके : निर्वाचन भनेको प्रकृया हो चरण चरणमा भैइरहन्छ । अनि बिकास पनि एकै पटक हुने होइन तर सबैले चिल्लो अनि कालो बाटो बने मात्र बिकास भएको मान्छ्न तर लागुऔषध दुव्र्यसनले लाखौ युवा युवती कुलतमा फसेको कुरामा आजसम्म कसैको ध्यान नगएको भन्दै कोहलपुर वडा नम्वर ५ पृथ्वीनगर मनकामना चोकका स्थानीय युवा शैलेस बिक्रम शाह कोहलपुरको समग्र समस्या नेकपा एमालेका नेता सुर्य ढकाल र दुर्गा प्रसाद चौधरीसामु राखेका छन् ।
    उनले बिकास भनेको निरन्तर प्रक्रिया हो तर सबै नेता उम्मेदवार बिकासको पछाडी लागिरहँदा कोहलपुरका हजारौ युवायुवती लागुऔषधको दुव्र्यसनिमा फसिरहेका छ्न । कोहलपुरलाई देहव्यपारको शहर भनेर चिनिने हुँदा आफुलाइ देश बिदेश जादा नि म कोहलपुरको स्थानिय हु भन्न नि लाज लागेको बताउँछन । उनले कोहलपुरमा प्रहरीकै मिलेमतोमा यो सब भैइरहेको भन्ने हल्ला छ सत्यतथ्य कुरा पत्ता लगाई लागुऔषध नियन्त्रण र देहव्यापार रोक्नको लागि पहल गर्न अनुरोध समेत गरे ।
    यस्तै कोहलपुर ५ पृथ्वीनगरकै स्थानिय लक्ष्मी सुनारले पनि कोहलपुर देखि बाहिर कतै गएर कोहलपुरको हु भनेर परिचय दिननी हिचकिचाउनु पर्ने बताइन । उनले कोहलपुर लागुऔषधको अड्डा अनि अखडानै बनेको हुँदा आफ्ना छोराछोरी पनि कतै यसको लतमा लाग्ने र फस्ने त होइनन भन्ने चिन्ताले दिनरात सताईरहने बताउछिन । उनले समग्र कोहलपुरको बिकाससङ्गै लागुऔषध दुव्र्यसनी रोक्न र देहव्यापार रोक्न नयाँ योजना ल्याइदिनु हुन आग्रह गरिन ।
    चुनावी अभियानको दौडानमा दौडिएका नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले आफुसधै लागुऔषध दुव्यसनी बिरुद्ध लागिरहेको तर यसलाई निर्मुल पार्नको लागि त्यस्तो कुनै कार्यक्रम नल्याइएको हुँदा अब यी मुद्दाहरुलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    उनले आफू जनताको घरदैलो अनि टोलमा पुग्दा सधै सबैले बाटो बनेन नाली बनेन जस्ता समस्या राखिरहने तर आजसम्म लागुऔषध दुव्र्यसन र देहव्यापार बिरुद्ध कहि कसैले नबोलेको तर पृथ्वीनगरका युवा र स्थानिय यो बिषयमा गम्भीर भएकोमा उनी खुसी हुँदै धन्यवाद ज्ञापन समेत गरे ।
    यस्तै प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरीले पनि आफू निर्वाचित भए पनि नभएपनि स्थानिय रुपमा देखिएका समस्या समाधान गर्द सदैब लागिरहने प्रतिबद्धता गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology