(Saturday 25th of July 2026)
`

आफ्नो क्षेत्रको विकासमा अर्जुन दृष्टि रहनेछ : कक्षपति

  • सगरमाथा गन्तब्य
  • 5.7K
    SHARES

    नेपालगन्ज : बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार किस्मतकुमार कक्षपतिले विकास र समृद्धिमै आफ्नो अर्जुन दृष्टि हुने बताउनुभएको छ । घरदैलो अभियानमा जनता माझ पुगेका उम्मेदवार कक्षपतिले ५ वर्षभित्र गर्न सकिने काम मात्र घोषणापत्रमा राखिने बताउनुभएको हो ।
    बाँके क्षेत्र नं. ३ ख को सि गाउँ, पुलचौक, रिमझिम बजार र एल गाउँमा भएको भेटघाट तथा घरदैलोमा उम्मेदवार कक्षपतिले संसद चल्दा सदनमा अन्य समयमा जनताको वीच हुने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले भन्नुहुन्छ “ नेताहरु चुनाव जितेर गएपछि फर्किएर आउँदैनन् भन्ने कुरा आफुले चिर्दै सँधै जनताकै माझमा हुनेछु ।” कक्षपतिले सो क्षेत्रमा पर्ने परसपुर –गौघाट सडकखण्ड र किरण नालाको पुल सम्पन्न गर्न आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो ।
    आफुले चुनाव जितेको खण्डमा जनता र पार्टीको शिर निहुरिन नदिने गरी काम गर्ने उल्लेख गर्दै सार्वजनिक खरिद ऐन संसोधन नै पहिलो आवाज हुने उहाँले भन्नुभयो । बाँके क्षेत्र नं.३ प्रदेश (ख) का उम्मेदवार भीम ओलीले आफु जहिले पनि जनताको वीचमा हुने भन्नुभयो । निर्वाचनमा आफु होमिनुका कारण पनि जनताको सेवक भएरै काम गर्न आफ्ना निर्वाचन क्षेत्रका समस्या राम्रो गरी बुझेकाले त्यसलाई समाधान गर्न उहाँले जोड दिनुभएको छ । उहाँले जनताका माझमा गइरहँदा आफु निकै उत्साहित भएको उल्लेख गर्दै कक्षपतिले परसपुर गौघाट सडक निर्माणका लागि अर्जुन दृष्टि रहने कुरामा सहमति जनाउनुभएको छ ।
    नेकपा एमाले र राप्रपाको तालमेलका निर्वाचन कमाण्डर बाबुराम गौतमले भीम ओली र किस्मत कक्षपतिको टीम जुझारु काम गर्ने टीम भएको उल्लेख गर्नुभयो । घरदैलो र जनता भेटघाटमा रहेका एमालेका यामबहदुर महतारा, राप्रपाका नरबहादुर ददेल, एमाले खजुरा गाउँपालिका कमिटीका अध्यक्ष गेहेन्द्र धिताल लगायतले स्थानीय आवश्यकता, जनताबाट सुझाव लिइने कुरामा आफुहरुको जोड दिएको बताउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology