(Saturday 25th of July 2026)
`

सिमानाकामा कडाई नगरेको हुनाले नेपालगन्जका व्यवसायी धरासय बन्दै

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    विरु गोडिया – नेपालगन्ज, ०७ असोज – बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर र ऋण प्रवाह गर्ने नेपाल राष्ट्रिय बैंकको पछिल्लो नीतिको बिरुद्धमा नेपालगन्जका उद्योगी व्यवसायीहरुले धर्ना बसेका छन् ।
    बैंक तथा बित्तिय संस्थाहरुले असोज एक देखि लागु हुने गरि ब्याजदरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आँकासिने हुँदा कोभिड महामारी र बित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर र ऋण प्रवाह गर्ने नेपाल राष्ट्रिय बैंकको पछिल्लो नीतिको बिरुद्धमा शुक्रवार राष्ट्रिय बैंक नेपालगन्जको अगाडी धर्ना बसेका हुन् ।
    “राष्ट्रिय बैंकले उद्यमी व्यवसायीहरु प्रति गरेको अन्यायपुर्ण चर्को व्याजदरले पिडीत भएको बताउदै दशैको मुखमा आफ्नो पसलमा बसेर व्यापार बढाउनुपर्नेमा राष्ट्रिय बैंकको अगाडी धर्ना बस्नुपर्ने अवस्था आएको नेपालगन्जका एक व्यवसायी भिम बहादुर रानाभाटले भन्नुभयो ।” बैंकले बनाएको चर्को व्याजदरको नीतिले साना तथा मझौला उद्यम बन्द गर्नु पर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
    व्यवसायीहरुलाई मारमा पार्दै नीति बनाउने राष्ट्रिय बैंकमाथि अनुसन्धान हुनुपर्छ इतिहासकै सबैभन्दा ठुलो घोटला भएको खुलासा हुने नेपालगन्जका व्यवसायी बिनोद अग्रहरीले बताउनुभयो । राष्ट्रिय बैंकमार्फत बैंकले लाखौ रकम चोरी, घोटाला हुने गरेको बताउदै सबै भन्दा पहिले सर्वसाधारण र व्यवसायीहरुलाइ मारमा पार्ने राष्ट्रिय बैंकमाथि तालाबन्दी गर्नुपर्ने उहाँले बताउनुभयो ।
    नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपालगन्जका व्यापारी उद्यमी व्यसायीहरुले बैंकलाई बुझाएको व्याजको पैसाबाट बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीहरुले तलब खाइरहेको बताउदै राष्ट्रिय बैंकले व्यवसायीहरुलाई मारमा पार्ने गरेर बनाएको नीति समयमै सुधार नगरे नेपालगन्जका व्यवसायीहरु राष्ट्रिय बैंकमा ताला लगाउन पछि नहट्ने अल्टिमेटम समेत दिनुभएको छ । सिमा खुल्ला भएको कारण सिमापारिवाट ल्याउने सामानमा कडाई गर्न उहाँले आग्रह गर्नुभयो । सिमानाकामा कडाई नगरेको हुनाले नेपालगन्जका व्यवसायी धरासय बन्दै गएको उहाँले दुखेसो पोख्नुभयो ।
    नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले भन्नुभयो “एकातिर बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदरको उद्यमी व्यवसायी मार खेपिरहेको छन् । भने अर्कोतर्फ खुल्ला सीमानाको फाईदा उठाउँदै हुने गरेको अवैध व्यापारले बैध व्यापार गरिरहेकालाई झनै समस्यामा पारेको छ । स्वदेशी अर्थतन्त्रलाई धरासायी बनाउने गरी हुने अवैध व्यापारको बिरोध गर्दै धर्ना बसेको उहाँले बताउनुभयो । व्यवसायीले आजै राष्ट्र बैंक नेपालगन्जलाई ज्ञापन पत्र बुझाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology