(Saturday 25th of July 2026)
`

बर्दिया क्षेत्र नं. २ बाट नभए बाँकेको क्षेत्र नं. ३ बाट लड्ने : सह महामन्त्री राठोर

  • सगरमाथा गन्तब्य
  • 6.5K
    SHARES

    नेपालगन्ज : नर्वाचनलाई लक्षित गर्दै जनताको रायसुझाव लिन नेपाली काँग्रेसका सह–महामन्त्री किशोर शिंह राठोर आफ्नो गृह जिल्ला आउनुभएको छ । मंसिर ४ गते हुने प्रदेश र संघीय सर्भा ानर्वाचनलाइ लक्षित गर्दै जनताको रायसुझाव लिन सह–महामन्त्री राठोर बुधवार आफ्नो गृह जिल्ला आउनुभएको हो । उहाँको गृह जिल्ला बाँके रहेता पनि राजनीति भन्ने छिमेकी जिल्ला बर्दियाबाट नेतृत्व गर्दै आउनुभएको छ ।
    उहाँले गृह जिल्ला बाँके क्षेत्र नं ३ बाट संघीय सभाको लागि निर्वाचन लड्ने सम्भावना रहेको बताउनुभयो । नेपाली काँग्रेसको गठबन्धन नेतृत्वको आधारमा नेपाल कम्युनिष्ट पार्टी माओबादीले बर्दिया क्षेत्र नं.२ मा सिट नछोरे पछि गृह जिल्ला बाँके क्षेत्र नं ३ बाट संघीय सभाको लागि निर्वाचन लड्ने सम्भावना रहेको बुधवार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराउनुभयो ।
    गठबन्धनको सरकारबाट निर्वाचनको लागी उहाँले ८० प्रतिशत टुङ्गो लागी सकेको बताउदै बाँकीको २० प्रतिशत पनि चाडै टुङ्गो लाग्ने जानकारी गराउननुभयो । कुनै जिल्ला मात्र बाँकी छ यसलाई पनि छिट्टै टुङगाउने उहाँले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology