(Saturday 25th of July 2026)
`

सधै सांसद र मन्त्री भइरहने परम्परा तोड्न बाँके निर्वाचन क्षेत्र न. २ बाट शम्सुलको संघीय सांसदमा दाबी

  • सगरमाथा गन्तब्य
  • 10.1K
    SHARES

    असोज ४, बाँके । बाँके निर्वाचन क्षेत्र न २ संघीय सांसदका लागि जनता समाजबादी (जसपा) लुम्बिनी प्रदेशले भौतिक योजना तथा यातायात मन्त्री ईस्तियाक राई र उनका निवर्तमान स्वकीय सचिव शम्सुल हक राईको नाम केन्द्रमा सिफारीस गरेको छ । जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले राईद्धयको नाम संघीय सांसदका लागि नाम सिफारीस गरिएको बताउनुभयो ।
    शम्सुल २०६३ को मधेश आन्दोलनदेखि मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गर्नुभएका हुन । ईस्तियाक राईलाई सांसददेखि मन्त्रीसम्म बनाउन उहाँको ठूलो हात रहेको छ । उहाँ मन्त्री हुँदा शम्सुल पटकपटक स्वकीय सचिवका रुपमा काम गर्दै आउनुभएको थियो । तर, पछिल्लो पल्ट इस्तियाक भौतिक योजना तथा यातायात मन्त्री भएपछि शम्सुललाई स्वकीय सचिवमा नियुक्त हुनु भएन । उहाँहरुबीच सम्पर्क पनि हुन छाडेको छ । जसपा स्रोतका अनुसार राईद्धयबीच बोलीचालीसमेत टुटेको छ ।
    जसपा लुम्बिनी प्रदेशका सदस्यसमेत रहेका शम्सुलले राजनीति कसैको पेवा नभएको बताउनुभयो । उहाँले एक जना नेता सधै सांसद र मन्त्री भइरहने परम्परा तोड्न बाँके निर्वाचन क्षेत्र न. २ बाट संघीय सांसदको दाबी गरिएको जनाउनुभयो । उहाँले कैन्द्रीय नेताहरुको सम्पर्कमा रहेको र आफ्नो नाममा सर्वसम्मतले संघीय सांसदको उम्मेदवारीको रुपमा पास गर्ने बिश्वास रहेको बताउनुभयो ।
    निर्वाचन मिति नजिकिदै गर्दा मन्त्री ईस्तियाक र निवर्तमान स्वकीय सचिव शम्सुलबीचको सम्बन्धमा तिक्तत्ता आएको जसपाका नेताहरु बताउँनुहुन्छ । त्यसको असर निर्वाचनमा पनि पर्न सक्ने अडकलबाजी हुन थालेको छ । निवर्तमान सचिव शम्सुलले पछिल्लो समय मन्त्रीको सम्पर्कमा नरहेको स्वीकार छन् । मन्त्री भएपछि उहाँले मलाई सम्पर्क गर्नु भएको छैन । मैले पनि गरेको छैन । नेपालगन्ज आउँदा पनि उहाँसंग भेटघाट भएको छैन, उहाँले भन्नुभयो, म पनि निर्वाचनकै तयारीमा लागेको छु उहाँले भन्नुभयो । निर्वाचनको तयारीका लागि साथीभाईहरुको सल्लाह लिदैछु । अव केही दिनमा घरदैलोमा जाने तयारी रहेको उहाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology