(Saturday 25th of July 2026)
`

नर्सिङ क्याम्पसका कर्मचारीको जागिर संकटमा

  • सगरमाथा गन्तब्य
  • 5.5K
    SHARES

    नेपालगन्ज : नर्सिङ शिक्षण पेशामा आबद्ध प्राचार्य,शिक्षक लगायत अन्य कर्माचारीहरुकोे जागिर गुम्ने अवस्थामा रहेको लर्डबुद्ध नर्सिङ क्याम्पस कोहलपुरका कोडिनेटर शिला रावलले बताउनुभएको छ ।
    देशभरका ८० नर्सिङ क्याम्पस बन्द हुने क्रममारहे पछि नर्सिङ शिक्षण पेशामा आबद्ध प्राचार्य,शिक्षक लगायत अन्य कर्माचारीहरुकोे जागिर संकटमा रहेको लर्डबुद्ध नर्सिङ क्याम्पस कोहलपुरका कोडिनेटर रावलले बताउनुभएको हो । नर्सिङ क्याम्पसमा नयाँ बिद्यार्थी भर्नाका लागि नआएपछि नर्सिङ शिक्षण पेशामा आबद्ध कर्मचारीको जागिर संकटमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “म १० औ बर्षदेखी भोक, प्यास, परिवार नभनेर नर्सिङ शिक्षण पेशालाई निरन्तरता दिए तर अहिले जागिर नै संकटमा छ । के मैले नर्सिङ पेशालाई राज्नु मेरो गल्ति हो ? राज्यले यस्तै नर्सिङ शिक्षण पेशालाई शुनिश्चित नगर्ने हो भने कसैका अबिभावकले आफ्ना छोरा छोरीलाई नर्सिङ शिक्षणको कोर्ष गराउने छैन । ” नर्सिङ क्याम्पसहरु बन्द हुने भएपछि देशभर रहेका ८० ओटा नर्सिङ क्याम्पसमा २ सय जना प्राचार्य, ३२ सय जना शिक्षक, २ हजार जना अन्य कर्मचारीहरुको जागिर संकटमा रहेर मर्कामा परेको भेरी नर्सिङ क्याम्पस बाँकेका प्रशिक्षक आशा डाँगीले बताउनुभयो । मंगलवार बाँकेको नर्सिङ शिक्षण पेशामा आबद्ध प्राचार्य, शिक्षक लगायत अन्य कर्माचारीले पत्रकार सम्मेलन गर्दै आफ्नो जागिरको सुनिश्चिताको माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology